मदीरा किनबेच गरे कारबाही !

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाण्डौ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीले मदीरा नियन्त्रणका लागि अभियान सुरु गरेको छ । उसले सो अभियान बिपरित मदीरा किन बेच भएको पाईए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएको छ । नेकपा निकट जनवर्गिय संगठन योङ्ग रेड फोर्स जुम्लाका अध्यक्ष नबिन तिरुवा र अ.ने.म.संघ (क्रान्तिकारी)जुम्लाका संयोजक बिष्णु शाहीले संयुक्त बिज्ञप्ती निकालेर जुम्लामा मदीरा निशेधित गर्ने र यसको उल्लङघन गर्नेलाई कडा कार्वाहि गर्ने चेतावनी दिएका छन । संयुक्त बिज्ञप्तीमा मदिरा नियन्त्रणका लागि अभियान सुरु गरिएको र ब्यावसायीहरुलाई जानकारी गराईएको उल्लेख छ । मदीरा सेवनकै कारण कयौले अकालमा ज्यान गुमाउनु परेको र सामाजिक सम्बन्धहरु बिग्रिनुका साथै धनसम्पति मदिराकै कारण सकेर सडकमा पुगिरहेको अवस्था हुँदा समेत राज्य उदासिन भएकाले आफुहरुले यो अभियान चालाएको पनि संगठनले प्रष्ठ पारेका छन् । दैनिक छाक टार्नका लागि घरेलु मदिरा बनाउने जनताको घरघरमा पुगेर पशासनले नष्ट गर्ने गरेको भएपनि आम मदिरा नष्ट गर्ने निती नलिएका कारण आफुहरुले मदीरा अभियान नियन्त्रण अभियान चलाएकाले यसमा सबैलाई साथ दिन आग्रह समेत गरिएको छ । पुरै कर्णाली क्षेत्रमा नै अभियान सुरु भएकाले असहयोग गर्ने तथा उल्लङघन गर्नेहरुलाई कार्वाहि गर्ने र त्यसको जिम्मेवार सम्बन्धीत पक्ष नै हुने पनि चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु