मदिरा सेवन गरेपछि अंग्रेजी बोल्नुको कारण

२०७५ बैशाख २३ गते, आईतवार

काठमाडौं, २३ बैशाख । मानिसहरू सामान्यतः मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरू मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् । तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द तपाईले मुस्किलले पाउनुहुनेछ र त्यसको सही उच्चरण गर्न पनि चुनौतिझै हुनेछ । तर, यदि तपाईले थोरै मदिरा सेवन गर्नुभएको छ भने अन्य भाषाका शब्द आफै मुखमा धाराप्रवाह निस्कन लाग्नेछ । लवजको खोजी अन्त्य हुनेछ र तपाईको कुरा सरल लाग्नेछ । मानौ कि यो तपाईको मुखैमा छ ।
यो मदिराका विषयमा लिएर कुनै अन्दाजा गरिएको होइन, बरु यस विषयमा एउटा अध्ययन सार्वजनिक भएको छ । साइन्स म्यागाजिन ‘जर्नल अफ साइकोफार्माकोलजीु मा प्रकाशित अध्ययनका अनुसार थोरै मदिराले अन्य भाषा बोल्न सहयोग गर्दछ । यो पनि सत्य हो कि हाम्रो स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पर्दछ, यस हिसावमा यो एउटा बाधा हो । तर, अर्कातिर यसले हाम्रो हिचकिचाहट पनि भगाउने गर्दछ । हाम्रो आत्मविश्वास बढाउने काम गर्दछ र सामाजिक व्यवहारमा संकोच कम गर्दछ । जब हामी कुनै अर्को व्यक्तिलाई भेट्छौ र कुरा गर्दछौ तब यो सबै कुराको असर हाम्रो भाषिक क्षमतामा पर्दछ । यो कुरा अहिलेसम्म बिना कुनै वैज्ञानिक आधारमै स्वीकार गरिँदै आएको थियो । तर, युनिभर्सिटी अफ लिभरपुल, बेलायतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ मास्ट्रिचका शोधकर्ताहरूले यो विचारलाई परीक्षण गरेर हेरे । परीक्षणका लागि ५० जना जर्मन नागरिकको एउटा समूह चयन गरियो, जसले हालै डच भाषा सिकेका थिए । केहीलाई पिउनका लागि मदिरा दिइयो, जसमा थोरै मदिरा थियो । उनीहरूको तौलको अनुपातमा मदिराको मात्रा दिइएको थियो । केहीको ड्रिङ्क्समा अल्कोहल थिएन । परीक्षणमा भाग लिने जर्मन नागरिकलाई नेदरल्याण्डका नागरिकसँग डच भाषामा कुरा गर्न भनियो ।
डच भाषीलाई यो थाहा थिएन कि कसले मदिरा सेवन गरेको छ र कसले छैन । परीक्षणबाट यो कुरा स्पष्ट भयो कि जसले मदिरा सेवन गरेको थियो, उसले राम्रो उच्चरणका साथ कुरा गरेका थिए । शोधकर्ताहरूले स्पष्ट गरेका छन् कि उनीहरूले यो परिणाम मदिराको निकै कम मात्राको खुराक दिएबाट प्राप्त भयो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु