मण्डलेहरुको आस र भरोसा कति दिन गर्ने ? – रमाकान्त बास्तोला

२०७३ आश्विन ११ गते, मंगलवार

नेपालमात्र यस्तो देश बनेको छ जहाँ रास्ट्रवादीहरुको चर्को बासस्थान छ । राष्ट्रीयताप्रतिको त्याग र तपस्यासँगै देशको आमूल परिवर्तनका लागि बिभिन्न संघर्ष मार्फत रास्ट्रवादीहरुको जन्म साधारण मानब जन्मको गणना जस्तै संख्याको क्रमिक रुपमा बढेको छ । आखिर ति कस्ता रास्ट्रवादी हुन ? तोते बोल्ने कलीला बालबालिकालाइ अंग्रेजी र हिन्दी भासा लगायत सम्बन्धी पाठहरु सिकाएर, उनीहरुको उज्जल भबिस्यको लागि जात, धर्म प्रतिको बिगुल बजाएर, प्रयोगात्मक र ब्यबहारिक ज्ञान पाऊन देखि बन्चित बनाइन्छ ।
आफ्नो भासा संस्कृति परम्परालाइ भुल्दै बिदेशी संस्कृतिको नक्कल गर्दै संस्कृतिप्रतिको बिचलनलाइ निम्त्याउने महान रास्ट्रवादीको जय-जय कार गर्नतिर लागिन्छ । तर यो सोचिदैन की राष्ट्रीयता कसरी जोगिन्छ । इतिहासका पाना पल्टाउदै घोकन्ते बिद्या मार्फत बहादुरिता, राष्ट्रीयता र संस्कार संस्कृति आदि इत्यादि पुर्खाले दिएको नासोलाइ गौरबता मान्दै आधुनिकतामा पथरी गुथ्ने नैतिकताका महानहरु नै होलान रास्ट्रवादीहरु । नदीनाला, कलकारखाना, उधोग आदि बिदेशिको हातमा सुम्पनेहरु नै आज देसको मालीक भएका छन । जनतालाइ त्राहि त्राहि पारेका दैत्यहरु आज हुकूमत चलाएका छन र उनै कहलिएका छन माहान रास्ट्रवादी । बिकट ठाउ, गरीब बस्ती, पीड़ित जनसमुदाय को नाउमा खोक्रा भाषण, र लोभ्याउने चिल्ला गफ, कार्य गर्दै देखावटी ताण्डव नृत्य गर्नेहरु सँगै नाचिरहेका जिन्दावाद र मुर्दावादको लाउड स्पीकरमा घन्किएको आवाज सँगै गड़गडाहट तालीले पुष्पगुक्छा पहिर्याउदै ब्यत्तिवादी बनेको हाम्रो सोचले जन्माएका तिनै राष्ट्रवादी जो पुनः २००७ सालको परिधिभित्र पुर्याएको वास्ता गरेका छैनौ । उल्टो उनैलाई बचाऊको लागि नाराबाजीमा उत्रिएका छन । धर्म, संस्कृति परम्परा र जातको नारा संगै कुर्लदै । अझै उनै खुकुरिको गाथा गाउदै भन्छन मेरो नेता माहान ।
देशका स्रोत साधनको प्रयोग बिना बाहिरि देश ताक्नु सबैभन्दा ठुलो घातक हुनेछ जून पहिले देखि नै राजा , महाराजा, नेता र मंत्रीहरुले देशका कल कारखाना, उधोगधन्दा बिदेशीको हातमा बुझाएको तितो यथार्थ हाम्रो सामु छ ।
यो समय बिज्ञान तथा प्रबिधिको समय हो । थोरै बिचार गरिएन भने त्यही इतिहासको ऐना हेरेर आफैलाइ रास्ट्रवादी समझ्ने दिन पनि धेरै छैनं । त्यही खुकुरिको गाथा र पुर्खाको नासो पनि क्षणभरमा बिलय भएर जानेछ । राजनीतिलाइ गरी खाने भाडो बनाएका नेता कार्यकर्ता पहिल्याउन नसक्ने हो र उनैको नाराबाजी गर्दै उनैको बुई चढ़ने हो भने न राष्ट्रीयता रहन्छ न स्वभिमान नै । हाम्रो देस नेपाल एक भू-परिबेस्टिट मुलुक हो । जसकारण अन्य कुनै मुलुकको सहयोग पनि अबश्य चाहिन्छ । तर देशका स्रोत साधन को प्रयोग बिना बाहिरि देश ताक्नु सबैभन्दा ठुलो घातक हुनेछ जून पहिले देखि नै राजा , महाराजा, नेता र मंत्रीहरुले देशका कल कारखाना, उधोगधन्दा बिदेशीको हातमा बुझाएको तितो यथार्थ हाम्रो सामु छ । देश भित्रका पर्याप्त स्रोत साधनलाइ चिन्न नसक्नु साथै परिचालन गर्न नसक्नु अझ परिचालन गर्नका लागि पनि बिदेशीको मुख ताकने प्रबृत्ति कत्तीको रास्ट्रवादी होला ? आफ्ना उत्पादन लाइ हेला गर्दै, सस्तो मूल्यमा बिदेश पुर्याउदै पुनः उहि माल चर्को मूल्य तिरेर आयात गर्नेहरुले नै देशको बिकाश र देशलाई समृध्दि तर्फ लैजालान भन्ठान्ने हो भने अब सोचौ हामी कहा छौ ? हामी आफ्नै अस्तित्व भुलेका त छैनौ ? पुर्खाको नासो मासिदै गरेको हामीलाई थाहा छैनं ?
सोचौ देशभित्र रहेर मैले के गरे र बिदेश रहेर मैले के गरेको छू । प्रयाप्त स्रोत साधन आफ्नै देशमा हुदा लाखौ नौजवान बिदेश हुली रेमिटेन्सको आस र भरमा देश चलाऊन मत्तिएका नपुंसक मण्डलेहरुको आस र भरोसा कति दिन गर्ने ? चर्को मूल्यबृद्धि, चरम सोषण, भ्रस्टाचार, कालाबजारीको पुरस्कार थाप्दै जीबनयापन गर्नु परेको यो अबस्थामा हामी निंद्रादेखि कहिले ब्यूझने ? खबरदारी साथै आत्मनिर्भरको बाटो पहिल्याउन सक्ने क्षमता सहित दृढ़ संकल्प गर्दै संघर्ष गर्नु अब तपाई हाम्रो जिम्मेवारी भएको छ । हामी नेता बनाऊन प्रतिस्पर्धा गर्यौ , नेताकै लागि बलिदान गरेउ, नेताकै लागि लेखेयौ , नेताकै लागि लड्यौ, नेताकै लागि पत्रकार भयौ, अब एक पल्ट देशका लागि केहि गर, देशका लागि लड़, आफ्नो हक अधिकार सहित देशको स्वाधीनताको लागि आवाज उठाऊं, असम्भब भन्ने केहि हुदैनं यदि तिमिले गरेउ भने । बिदेशीको हस्तक्षेप बढेको बेला, देश अस्तिरतामा धकेलीरहेको बेला, देशका सीमा मिचिएको बेला, अपराधीको बिनाशर्त माफ़ीसँगै भ्रस्टाचार, दलालीका कारण देश खोक्रो पार्न थालेको बेला सार्बभौम, स्वतंत्र, समाबेशी मुलुक को लागि अब एकजुट हुदै सही बिचार लिएर संघर्षमा आई देशमा आफुप्रतिको कर्तब्य र जिम्मेवारी पूरा गर तर कान नछामी कागको पछाडि नभाग !!! जय नेपाल !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु