मङ्सिर ८ को जनसहभागीता र त्यसको महत्व – अर्जुन सुबेदी

२०७५ मंसिर ३ गते, सोमबार

मानव समाजमा घट्ने प्रत्येक राजनैतिक घटना क्रमहरुका अा-अाफ्नै बिशिष्ट महत्व रहे तापनि समय र परिस्थितिले कुन राजनैतिक घटनालाई पेचिलो र दरिलो राजनैतिक घटनाको रुपमा चटान जस्तो कडा बनाई जनताले उभ्याई दिन्छन् भन्ने कुरा सामान्य पुर्व अन्दाज गरे जस्तो हुँदैन। यो त महान सामाजिक विज्ञानको नियम अनुरुप हुन्छ भन्ने तथ्य जाहेर छ । यसको विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको मंसिर ८ को जनप्रदर्शनले पुष्टि गर्दैछ। यो कुनै शासकहरुले कल्पना गरे भन्दा नितान्त भिन्न छ । नेपालको पटक पटकको जनसंघर्षलाई लत्याउदै जनताले उपलब्धी भन्दा बढी सास्तीमात्र पाएका छन्, जनता आजित भएका छन् । जनता मुक्तिको संघर्ष लडन चाहदैन् भन्ने मनोविज्ञानका साथ यथास्थितिबादी सत्ताधारी दलहरुले चलाएको हुइँया र क्रान्तिकारी पार्टीहरु बिचको फुटले पनि क्रान्तिकारीहरुलाई एकबद्ध साथ नेपाली क्रान्तिलाई अघि बढ्नमा भई रहेको समस्याहरुलाई चिर्दै आगाडी बढ्नुको बिकल्प छैन । पार्टी गठन देखि नै विप्लव नेतृत्वको नेकपाले जनताको उत्साह जनकसहभागितामा चलाएको जनसंघर्षहरु राष्ट्र स्वाधिनतासँग सम्बन्धित घटना भारतीय नम्बर प्लेटका गाडी माथीको प्रतिरोधदेखि राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत, अरुण तेस्रो जलविद्युतलगायतका अायोजनाहरु नेपाल र नेपाली अाफैले निर्माणको निम्ति सक्षम छन र नेपाली अाफैले निर्माणको जिम्मा पाउनु पर्छ भन्दै गरिएको कारबाहीहरु प्रयाप्त छन । अर्बौंको राजस्व ठगी गर्ने एनसेलमाथीको जनकारबाही , भ्रष्टाचार र जनघातबिरुद्धका जनसंघर्ष र कारबाहीहरुका साथै नेकपाका सबै नेता ,कार्यकर्ता र जनताले गरेको त्याग ,तपस्या ,दुःख ,कष्ट धैर्यता साथै हजारौ क्रान्तिकारी नेता र कार्यकर्ताहरुले दिएको गिरफ्तारी र धनराज बटला जस्तो महान् बिर शहिदको रगत र पसिनाबाट जनतामा पर्न गएको क्रान्ति प्रतिको सकारात्मक सन्देशको उपज मंसिर ८ मा हजारौ हजार जनताहरु देश र जनताको मुक्तिको लागि काठमाडौको खुल्ला मञ्चमा होमिने वातावरण सिर्जना भएको छ ।
बिश्व इतिहासमा ठूला ठूला जनसंघर्षपछि पनि स्थापित जनअधिकारहरु खोसिएका छन् र पटक पटक जनताले संघर्ष गरि अाफ्नो अधिकार हातमा लिएका उधारहण विदितै छन् । मुलत सात सालको संघर्षसँगै अन्य जनअान्दोलन र महान जनयुद्धले स्थापित गरेका अधिकारहरु अहिलेका सत्ताधारी र अन्य ठूला भनिएका दलहरुबाट जनताका अधिकार खोस्ने , जनतालाई लगातार अन्याय थोपरी राख्ने सँगै बिभिन्न बिकृति विसंगतिको संरक्षण गर्ने र पुरानो चिन्तन भएका दलहरु अब जनताले अन्यायको बिरुद्ध संघर्ष गर्न सक्दैन हामी सर्वेसर्वा हौँ हामीले जे गरे पनि हुन्छ भन्ने भ्रममा रहेका शक्तिहरूका रवैयाको बिरुद्ध जनतालाई संघर्षको लागि अाहावन गर्दै आएको नेकपाको कार्य दिशा वैज्ञानिक वस्तुवादी सावित भएको छ । जनताको उत्साह जनकसहभागिता र नेकपाले चलाएको अभियानमा जनताको सहयोग र समर्थन अनि सहभागीताले यहि पुष्टि गर्दछ। विप्लव नेतृत्वको नेकपाले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्य दिशालाई पुरानै जनयुद्धको संज्ञा दिँदै अातंककारीको घोषणा गरि दमन गर्ने सत्ताधारीहरुको दिवा सपना पनि मंसिर ८ले चुनौती दिने छ। साथै नेकपा देश र जनताको मुक्ति चाहान्छ, शान्ति र संवृद्धि चाहान्छ र सधै जनतासँग छ र जनताको अटुट साथ र भरोसा पाएको छ। भन्ने पुष्टी हुन्छ। तर जनताको बिद्रोह संघर्ष मेरै गोजीमा छ। यसले हामीले चाहेर मात्र मुक्तिको लडाइँ जनताले लडन नसक्ने हौवा बाढी रहेका प्रचण्डलगायतका सत्ताधारी नेताहरुको अभिब्यक्तिमाथी न्यायप्रेमी जनताको हमलाको रुपमा पनि लिन सकिन्छ । मंसिर ८ को जनप्रदर्शनको महत्व जति ब्याख्या गरेपनि अपुर्ण हुन्छ , सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी प्रति सम्मान सदाचार , धन्यबाद ज्ञापन गर्न चाहन्छौं। बिश्वको मानव चेतनामा भएको बिकाश विज्ञान प्रविधिमा भएको प्रगति अहिलेको बिश्व परिवेशमा अाएको राजनैतिक सामाजिक बिकाश र फेरबदललाई अाधार मान्दै हिजो प्रयोग र शश्लेषण भएको दर्शन र सिद्धान्त सबैमा अावश्यता अनुसार तुलनात्मक बिकासको आवस्यकता अनुरुप शश्लेषित गरिएको राजनैतिक कार्य दिशा व्यवहारतः सहि रहेको पुष्टि भइरहेको छ। यसले राष्ट्र जनताको अवश्यकतालाई सिरउपर राख्दै जनताको चेतना मानविय ईच्छा अनुसार जुनसुकै तत्वका र चेतना स्तर भएका ब्यक्तिहरुले एकसाथ जनताको मुक्ति अान्दोलनमा होमिन सक्ने कार्य दिशा नै अहिले को वैज्ञानिक कार्यदिशा हो। जसलाई एकिकृत जनक्रान्ति नामाङ्कन गरिएको छ।
बिश्व राजनैतिक परिवेशको बदलिदो अवस्था र बिकशित घटना क्रमहरुको कारण बिश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग र शश्लेषणको खाँचो छ। यो यथार्थलाई स्वीकार गर्दै एउटा बिशिष्ट उच्चाई सगैँ नेपालबाटै नयाँ ढङ्गले बिश्ब कम्युनिष्ट आन्दोलनलाई हाक्ने निति योजना कार्यक्रमहरुका साथ विप्लव नेतृत्वको नेकपा अगाडि बढिरहेको छ भने केही सत्ता लिप्त सत्ताधारी दलहरु भने संबिधानको दुहाई दिदै संबिधान कै उलंघन र अपहेलना गरिरहेका छन् । यसका प्रसस्त प्रमाणहरु नेपाली जनताले लेखाजोखा गरिरहेका छन्। उदाहरणको रुपमा केहि मुख्य घटनहरुनै काफी छ।
१) संविधानमा प्रष्ट उल्लेख गरिएको समाजवाद उन्मुख समाजको सुरुवात र व्यवस्थापन गर्नु पर्ने संबैधानिक ब्यवस्था छ। यसका लागि समाजवादी अर्थतन्त्रको निमार्ण सामाजिक राजनैतिक संकार बिकास र ब्यबस्थापन को लागि सिन्को नभाँच्ने अनि संबिधानको पहरेदार ठान्ने जनतालाई भ्रममा राख्ने। जनताको सामन्य लोकतान्त्रिक अधिकार माथि नाङ्गो हस्तक्षेप गर्ने । जनताको स्वास्थ्य शिक्षा रोजगारी लगायतका विषयहरु मौलिक हकमा उल्लेख गरिएको भएपनि अहिलेको सरकार शिक्षा स्वस्थ्य सुरक्षा जस्तो संबेदनशील क्षेत्रमा निजीकरण र व्यापारी करण गर्ने भ्रष्टाचार कमिसन र दलालीमा चुलुम्म डुबेको सरकार र अहिलेका राज्य संचालकहरुबाट जनता अाजित छन्। जनता स्वत:स्फुर्त सडकमा छन । यसले पनि मंसिर ८ कार्यक्रमको महत्व प्रष्ट गर्दछ।
सबै परिवर्तनको घटनाहरुको सुरुवातिमा केहि समित ब्यक्ती निश्चित बिचारले नेतृत्व गरि अगाडी बढाए पछिमात्र संघर्षले मुर्त रुप लिन्छ र सम्पूर्ण शक्तिहरु केन्द्रिक्रित हुने बातावरण बन्छ , यसको पुष्टि मार्क्सवादको पद्धति विज्ञानले पनि प्रमाणित गरेको छ। त्यसकारण अहिले नेपाली क्रान्तिको यो महत्वपूर्ण क्षणमा नेकपाका नेताहरुको नेतृत्वदायी भूमिका रहेता पनि हामी सम्पूर्ण सचेत बौद्धिक वर्ग सबै तह तत्वका नेपालीहरुले अब यो स्तरमा उठेको जनसंघर्षलाई खालि अमुख नेता र पार्टीको मात्र काम हो भनेर राष्ट्रिय मुक्ति आन्दोलनबाट टाडा हुनु भनेको अर्को मुर्खता हुनेछ। । तसर्थ माहान राष्ट्रिय निमार्णको अभियानमा हामी जुनसुकै पार्टी या संस्थामा अबद्ध भएता पनि निति योजना कार्यक्रम र देशको निम्ति गरिको योगदानलाई अाधार मान्दै नेकपाको वैज्ञानिक समाजवाद निर्माणको अभियानमा सबै सचेत र बौद्धिक नेपाली नागरिकहरु एक जुटहुन जरुरी छ। खास गरी अहिले हामी यूवाहरुले राज्यको निति योजना कार्यक्रम राज्य संचालकहरुले गरेको गल्तीको भाषिक बिरोध मात्र गरेको पाइन्छ । तर यतिले तपाईं हामीले परिकल्पना गरेको समाज निर्माण हुनेवाला छैन। हामी वौद्धिक र सचेत भनिएका यूवाहरु एउटा कुनै पेसा वा रोजगारीमा मात्र सिमित भएर सम्पूर्ण देश र जनताको भविष्य निर्धारण गर्ने निति कार्यक्रम र योजनाहरु चाहिँ त्यहि भ्रष्ट दलाल पुरातन सोच र निच मानसिता भएकाहरुलाई जिम्मा दिएर किनाराबाट बिरोधको लागि बिरोध मात्र होइन ,राज्य बागडोर प्रगतिशील क्रान्तिकारी युवाहरूले सम्हाल्ने बातावरण निर्माण गर्न र राज्यको ब्यवस्था परिवर्तनसगै निति कार्यक्रम निमार्ण गर्ने प्रमुख बाटो राजनैतिक बाटोमा योजनाबद्ध र संगाठानिक रुपमा अगाडि बढाउनु पर्छ र निर्णयक संघर्षमा होमिए मात्र हाम्रो लक्ष्य पुरा हुन्छ ।
अहिले रहेका धेरै दलहरु मध्ये मुख्यत कांग्रेस, एमालेको समाज रुपान्तरणमा केहि एतिहासिक योगदान छ । अब यि पार्टीका सम्पूर्ण बुद्धिजीवी र सचेत युवाहरुले बुझ्ने पर्ने कुरा के हो भने समाज विज्ञान र प्रबिधिमा आएको बिकासलाई ब्यवस्थापन गर्न सक्ने व्यवस्था भनेको वैज्ञानिक समाजवाद नै हो । यो विश्वकै असफल दलाल पुँजीवादबाट देशलाई बिकसित र सबै पैसा जाति क्षेत्र लिङ्ग र तह तत्वका जनतालाई अार्थीक संवृद्धि सहित अधिकार सम्पन्न बनाउन सकिन्न । त्यसकारण हिजोका इतिहासमा केहि योगदान गरेका काँग्रेस एमाले लगाएतका दललाई इतिहासिक संग्रहालयमा संरक्षण गर्दै एमाले कांग्रेस लगायतका सबै दलका सम्पूर्ण बुद्धिजीवी तथा सचेत नागरिकहरुले देश जनताको मुक्तिका लागि ब्यबस्था परिवर्तन को संघर्षमा अघाडी बढ्नुको बिकल्प छैन।त्यसकारण वैज्ञानिक समाजवाद प्राप्ति को लडाइँ नै अहिलेको सम्पूर्ण नेपालीहरु को कार्यभार हो। वैज्ञानिक समाजवादबाट मात्र सबै समस्याको समाधान गर्न सकिन्छ । नेपाल र नेपालीको मुक्ति संभव छ । हामी सबैलाई अवगत नै छ , नेपालमा जुन मोडलको ब्यवस्था र संविधान छ, त्यसको उदाहरण हेर्ने टाढा जानु पर्दैन यस्तो व्यवस्थाको प्रयोग हाम्रो छिमेकी देश भारतमा ७० बर्षको हाराहारीमा भयो अहिलेको नेपालको जस्तो राजनैतिक ब्यवस्थाको प्रयोग। हामी सोझै अनुमान लगाउन सक्छौ। तापनि भारतका अर्बौं जनता जनजिवन कस्तो छ। अनि भारत देशकै अार्थीक राजनैतिक सामाजिक सुरक्षा स्वस्थ्यको अबस्थामा कुन स्थानमा छ। धेरै व्यख्या गर्नुपर्छ होला जस्तो लाग्दैन। त्यसैले हामी पनि अब यो असफल ब्यबस्थालाई बर्षौ प्रयोग गरी परिणाम कुर्नु भन्दा इतिहासबाट पाठ सिक्दै अहिले दलाल पुँजीवादी ब्यवस्था देश र जनताको हितमा छैन यसको खारेजी गर्दै वैज्ञानिक समाजवाद निर्माणमा सबै देश भक्त सचेत बौद्धिक श्रमजिवी सम्पूर्ण यूवाहरु एउटै संघर्ष को मोर्चामा लड्नु पर्छ। यो कुनै पार्टी र नेताको लागि नभइ वैज्ञानिक समाजवाद सम्पूर्ण जनता र देशको लागि खाँचो छ । अनि मात्र नेपाल र नेपालीको मुक्ति संभव छ।

(लेखक: नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका महासचिव हुन् )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु