‘मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने’

२०७३ मंसिर २० गते, सोमबार

काठमाडौं, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् ।
नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघले सोमबार आयोजना गरेको स्वागत् तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाईमात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे । मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उनले दिए ।- रासस

प्रतिक्रियाहरु