मंसिर ८ को कार्यक्रम नेपाली जनताको कार्यक्रम हो- सुमनसिंह पाैडेल

२०७५ मंसिर ४ गते, मंगलवार

यहि मंसिर ८ गते काठमाडौको खुल्ला मंचमा नेपाल कम्युनिस्ट पार्टिको आयोजना र देशभक्त क्रान्तिकारी जनताहरुको सहभागितामा विशाल जनसभा हुन गैरहेको छ । नेपाल कम्युनिस्ट पार्टिको पार्टी पुनस्थापना दिवसको सन्धर्भ पारेर गर्न लागिएको उक्त कार्यक्रमको अर्को संधर्भ नेपाली जनताहरुको आफ्नो सेना जनमुक्ती सेनाको स्थापना दिवश पनि हो ।
उक्त विशाल सभामा करिब एकलाख नेपाली जनताहरुको प्रतक्ष सहभागिता रहने छ भने करडौं नेपाली जनसमुदायको प्रत्यक्ष चासो रहने करिब पक्का छ । उसो त यस भब्य कार्यक्रमलाइ सत्ता पक्ष र उस संग जोडिएकाहरुले पनि गम्भीरता पुर्वक हेर्न खोजिएको देखिन्छ । र यसलाइ अन्तरास्ट्रिय जगतलेपनि चासोको रुपमा हेर्न खोजेको पाइन्छ ।
यतिबेला मुलुकमा केपि पिके समुहको पार्टी डबल नेकपा सरकारमा छ । दलाल पुंजिबादी सत्ताको भक्तिगान गाएर सत्ता स्वाद चाखिरहेको सरकार मण्डलि कठपुतलिको रुपमा दलालहरुको स्वार्थ केन्द्रित काम गरिरहेको छ । अहिलेको यो सरकार जनताहरु प्रती कंहिकतै उत्तरदायी भएर जनसेवामा लागेको स्थिती छैन । नागरिकहरुको जीवन अत्यन्तै कस्टकर बन्दै गएको छ । सामाजिक सुरक्षा छैन । गाँस बाँस कपास शिक्षा स्वास्थ रोजगार जस्ता आधारभुत कुराहरुको सुनिश्चितता गराउने तर्फ सरकार चिन्तित देखिदैन । कर वृद्धि गरिएको स्थिती छ । समाजमा भ्रस्टाचार ब्यप्त छ । गुण्डा, तस्कर र दलालहरुको समाजमा बोलवाला छ । गरिबहरु झन धेरै गरिबिको जांतोमा पिल्सिनु पर्ने स्थिती बनेको छ । दलालहरु रातारात करडौंको मालिक बन्ने स्थिती पैदा भएको छ ।
देशको स्वाधिनताको खुलम खुल्ला सौदाबाजी सरकार आंफै गरिरहेको छ । हत्या हिंसा बलत्कार जस्ता घटनाहरु तिब्रतर रुपमा वृद्धि भैरहेका छन । अर्थात समग्रमा जनताहरुले राजनैतिक परिवर्तनको निम्ति बगाएको रगत र त्यसको ओरिपरिबाट श्रीजित सुख शान्ती समृद्धिको सपनाको हत्या यो सरकार गरिरहेको छ । र सरकार संचालक मालिकहरु तिनै सपनाको खेती लगाउनेहरु छन । तसर्थ देशको स्थिती कहालिलाग्दो बनिरहेको छ ।
सरकारि पार्टीहरुको तिब्र आलोचना र बैकल्पिक निकासको प्रश्नको बिचमा राज्य आइपुगेको छ । यहि परिदृश्यमा निराशाहरुको बिचमा सुखद आशाको संचारपनि भैरहेको छ । नेपाल कम्युनिस्ट पार्टी त्यो आशा बनेर आगाडी आएको छ र यस पार्टिका नेताहरु जनताको भरोसा बनिरहेका छन । नेपालमा संसदिय राजनैतिक सत्ताबाट हैरानी खेपेका जनताहरुले बैज्ञानिक समाजबादी सत्ताको निम्ति संघर्स गरे र बैज्ञानिक समाजबादी सत्ताको बिसय नेपाली समाजमा जबर्जस्त थापित छ । यधपी धोका, पलायन र गद्दारीको मारमा पिल्सिएका नेपालि जनता त्यो सुखद ब्यवस्था बाट बंचित हुनु परिरहेको छ । र यो स्थिती निम्त्याउने केपि प्रचण्डहरुको मण्डलिहरुको दिन गन्ती सुरु भैसकेको छ ।
यतिबेला सम्पुर्ण धोका गद्दारी छिचोलेर दलाल पुंजिबादी संसदिय सत्ता बिरुद्ध लंडाइ लड्न सक्ने भएर नेपाल कम्युनिस्ट पार्टी उभिएको छ । बैज्ञानिक समाजबादी सत्ताले मात्र रास्ट्र र जनतालाइ एकताबद्द गर्दै देशलाइ सुख शान्ती र समृद्धी तर्फ लान सक्ने कुरामा देशका श्रमजिवी सर्वहारा बर्ग, मध्यम बर्ग, र देश भक्त रास्ट्रबादी बर्ग समहत बनेर ध्रुबिकृत हुने प्रकृया तिब्र बनेको छ । यो आममा खुल्ला बहस र छलफलको बिसय बनेको छ । र जनस्तरमा नेपाल कम्युनिस्ट पार्टिले अगाडि सारेका कार्यक्रमहरु प्रती बिश्वास र भरोसाको वातावरण बनेर गएको स्पस्ट देखिन्छ । दलाल पुंजिबादी संसदिय ब्यवस्थाको सामाजिक फांसिबादि रबैयाको पर्दाफास उ आंफैले गरेका हर्कतहरुबाट भैसकेको छ । नेकपाका हज्जारौं नेता कार्यकर्ताको गिरफ्तारी, अदालतको अपहेलना, मानवधिकारको उलंघन , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षप, जनजिवनमाथि थोपरियका कयौं संकट जस्ता बिसयले यो ब्यवस्था र यसका कारिन्दाहरुको मुखौटो च्यात्लाभुत्ला भएको छ । मंसिर ८ गते विशाल जनसभा हुंदैछ । यो कार्यक्रमको लोकप्रियता देखेर यो सत्ता अताल्लिएको छ । केहि जिल्लाहरुमा धरपकड र गिरफ्तारी पुन सुरु भएका छन । झण्डा ब्यानर पोस्टर र प्रचार सामाग्री कब्जा गरिएका छन ।
सरकारको कृयाकलाप पराजित मानसिकताको उपज सिवाय अरु केही होइन । एक हिसाबले यो सरकार पराजित भैसकेको छ । दलालहरु आफ्नो लुटको सत्ता टिकाउन दमनको नंया योजना बुनिरहेका होलान । ठोकुवा गरेर भन्न सकिन्छ यो सरकारको फुच्चे रबैयाले नेपाली जनताहरुको आबेगलाइ थेग्न सक्दैन । दलालहरुले आफ्नो सत्ताको रक्षाको निम्ति अन्तर्राष्ट्रिय हस्तक्षेपलाई तिब्र बनाउने देखिन्छ । यो बिसय प्रती आम नेपाली जनता सचेत बनेर एकपटक रास्टृय मुक्ती युद्ध लड्न तयार रहनु पर्ने समेत देखीन आएको छ । मंसिर ८ को कार्यक्रम आम नेपालि जनताको जीवन संग जोडिएको छ । दलालहरुको सत्तामाथिको बैधानिक हमला हुनेछ उक्त कार्यक्रम । जसले बैज्ञानिक समाजबादी सत्ताको ढोका खोल्नेछ । यो सुखद बिसय प्रती आम सोसित पिडित र उपेक्षित समुदायले गौरव गर्नुपर्ने देखिन्छ । नेपालमा दलालहरुको सत्तासंकट अब कुनै नंया सड्यन्त्र मार्फत हल हुने देखिदैन ।
तसर्थ बैज्ञानिक समाजबादि सत्ता प्राप्तिको निम्ति नेपाली धर्तिमा प्रक्षेपण गरिएको एकिकृत जनक्रान्तीले सम्पुर्ण संकटको हल गर्ने छ । यो आन्दोलन नेपाली जनता र रास्ट्रको जीवन संग जोडिएको छ । यो कुनै पार्टी विशेषहुने कुरा होइन यो त आम नेपालि जनताहरुको सहभागितामा अगाडि बढ्छ । त्यसैले मंसिर ८ आम नेपाली जनताहरुको कार्यक्रम हो । यसले बैज्ञानिक समाजबादी सत्ताको ढोका खोल्ने निश्चित छ । कार्यक्रममा उत्साह पुर्वक सहभागिता जनाऔं । सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरौं । नेपाली जनताहरुको यो समय आन्दोलन संघर्षको समय हो । यहाँ आउने हरेक दुख र चुनौतिको सामना गर्न तयार रहौं भोलिको सुखद भविस्यको निम्ति ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु