मंसिर ६ गते दाङ बन्द

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी दाङले मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरेको छ । राज्यको दमनकारी रबैया र गिरफतार नेता कार्यकर्तालाई तुरुन्त रिहाइ गर्न माग गर्दै मंसिर ६ गते जिल्ला बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी सविनले आज एक प्रेस विज्ञप्ति जारी गरि राज्यको दमनकारी रबैया बन्द गर्न र अशक्त पाटन लगायत सबै गिरफ्तार गरिएकाहरुको बिनासर्त रिहाइको जोड्दार माग गर्दै यहि मङ्सिर ६ गते दाङ बन्दको आव्हान गरिएको जानकारी दिए । विज्ञप्तिमा अहिलेसम्म दाङमा पार्टीका एक दर्जन भन्दा बढी कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण प्रहरीले हिरासतमा राखिरहेको कार्यले आफुहरुलाई आक्रोशित बनाएको उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको – “नेपालमा अहिले दलाल ससदिय व्यवस्थाको चुनाव बनाउने बहानामा बर्तमान काग्रेस माके गठबंधन सरकारले क्रान्तिकारी जनसमुदाय ,नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र समर्थक शुभ चिन्तकलाई समेत अनावश्यक दुख दिईरहेकोे छ ।यसै सिलसिलामा काग्रेस माके गठबंधन सरकारको चाकडी गर्न दाङको प्रहरी प्रशासनले जिल्लाभर सिभिल ड्रेशमा गुन्डागर्दी सैलिमा प्रहरी परिचालन गरि बिनाकारण मध्यरातमा राजनैतिक आस्थाकाआधारमा घरहरू खानतलासी गर्ने परिवार र वच्चावच्चीलाइ समेत लछारपछार पार्ने काम गरिरहेको छ ।अहिलेसम्म दाङ्मा पार्टीका एक दर्जन भन्दा बढी कार्यकर्ता लाई बिनाकारण प्रहरीले हिरासतमा राखेको छ ,हुदा हुदा कार्तिक ३0 गते आफै हिडडुल गर्न र खाना समेत नसक्ने अशक्त क पाटन लाई फासिवादी सैलीमा गिरफ्तार गरि अ्मानबीय र कुर व्यबहार प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्को हिरासतमा राखिरहेको कार्यले दाङ्का क्रान्तिकारी जनसमुदाय निकै आक्रोशित भैरहेका छन् ।हाम्रो पार्टीले पटकपटक नागरिक स्वतन्त्रतालाई अङ्कुस नलगाउन प्रहरी प्रशासन,सरकार र ससदवादीदलहरुलाइ आग्रह गर्दै आइरहेका छ ,तर काग्रेस माके गठबन्धन सरकारको भड्काबमा प्रहरी प्रशासन परिरहेको छ ।असक्त कमरेड पाटन लाई हिरासत मुक्त गर्नुको साटो झुट्टा मुद्दा लगायर अ्मानबीय तरिकाले हिरासतमा राखिएको,पार्टीका जिल्ला सदस्यहरु निम बहादुर ,भिम राना छोटीलाल चौधरी र पार्टीका कार्यकर्ताहरु डिबी बोहरा,रिम बिक,चेत बहादुर ट्मटा,आकाश बिक,डन्डी राम केसी ,बिजय बिक र यहि २गते मध्यरातमा दाङ्को रामपुरमा प्रहरीले स्थानीयजनता लाई आतङकित गर्दै शान्तु चौधरी,भागिराम चौधरी लाई पनि बिनाकारण गिरफ्तार गरि हिरासतमा राखिएको छ रामपुरमै स्थानीय महिला सीता चौधरीलाई प्रहरीले लछारपछार गरेको छ । प्रहरीले दिनप्रतिदिन दमन अभियान बढाइ रहेकोे छ ।यी सबै कार्यको पार्टीले घोर भत्सर्ना गर्दछ ।साथै सरोकार वाला सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।राज्यको दमनकारी रबैया तुरुन्त बन्द गर्न र अशक्त क पाटन लगायत सबै गिरफ्तार कमरेडहरुको बिनासर्त रिहाई गर्न जोड्दार मागगर्दै यहि मङ्सिर ६ गते दाङ बन्दको आव्हान गरिएको छ ।तसर्थ उक्त दिन सम्पुर्न या तायात ,कलकारखाना ,उद्योग व्यापार व्यावसाय शिक्षण सस्था सबै बन्द्गरी प्रहरी प्रशासनको यो ज्यादती र दमनकारी रवैया विरुद्ध एक्यवद्धता जनाइदिन दाङबासी जनसमुदायमा हार्दिक अपिल गरिन्छ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु