मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड’ लाइसेन्स

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौं, २ कात्तिक । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मंसिरदेखि परीक्षणकारुपमा बागमती अञ्चलमामात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ ओटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।
एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उनले बताए ।
पछिल्लो प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट कार्डलाई देशभर फैलाउन सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठको भनाइ छ ।
एडीबीले सवारीचालक अनुमतिपत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब रू २३ करोड सहयोग उपलब्ध गराएको छ । अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चारपांग्रे, दुईपांग्रेलगायत सवारी–साधन चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत् वितरण गरिएको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार