मंगलबारसम्मको मौसम पूर्वानुमान

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडौं, ११ फागुन । मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्मको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा वर्षा/चट्याङको सम्भावना रहेको साथै पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक बदली रहनेछ। साँझपख पहडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
रातीः देशभर बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
फागुन १२ गते (सोमबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।
रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।
फागुन १३ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्यतया साफा रहनेछ।
रातीः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगमा मौसम सामान्यतया साफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार