भ्रामक र तथ्यहीन समाचार लेख्ने र छाप्नेलाई जनताले दण्डित गर्ने !

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रामक प्रचार गर्ने गिरोह पुन सक्रिय हुन थालेको बताइएको छ । नेकपामा प्रकाण्डको ‘कमब्याक’ भन्ने शिर्षकमा भ्रामक समाचार प्रकाशन भएपछी पार्टीले उक्त कुरा बताइएको हो । पार्टीले क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध गरिएको यस्तो सुनियोजित हमलाको नेपाली जनताले हिसाब किताब माग्ने बताएको छ । नेकपाले जस जसले क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध अफबाह फैलाउदै छन् तिनीहरुले जनताको कठघरामा उभिएर ति समाचारको पुस्टि गर्ने दिन नजिक आएको र पुस्टि गर्न नसके त्यस्ता भ्रामक र तथ्यहीन समाचार लेख्ने र छाप्ने सबैलाई जनताले दण्डित गर्ने जनाएको छ ।
पार्टीले भ्रामक र तथ्यहीन समाचार लेख्ने , छाप्ने र छपाउन उत्प्रित गर्ने, पार्टी र क्रान्तिबिरुद्ध हर्कत गर्ने झुण्डहरुलाई सच्चिन आग्रह गरेको गरेको बताएको छ । ति झुण्डहरु सच्चिनको सट्टा पार्टी र क्रान्तिबिरुद्ध मोर्चाबन्दी गर्न थालेपछि उनीहरुलाई सचेत गराउने र पार्टीमा भएका कतिपयको पार्टी सदस्यतानै खारेज गरेको बताएको छ । पार्टीले कारबाही गरेका तिनै झुण्डहरु र पार्टीको जिम्मेवारीवाट हटाइ निगरानीमा रहेका व्यक्तिहरु नै अहिले पार्टीविरुद्ध निरन्तर भ्रमपूर्ण समाचार प्रकाशन गर्न र गराउन तल्लिन रहेको भन्दै पार्टीले ति झुण्डहरुलाई तत्काल त्यस्ता हर्कत रोक्न चेतावनी दिएको छ। पार्टीले कारबाही गरेका तिनै झुण्डहरु र पार्टीको जिम्मेवारीवाट हटाइ निगरानीमा रहेका तिनै व्यक्तिहरुको उकसाहत्मा लागि सत्यतथ्य नबुझी आधारहीन र भ्रामक समाचार सम्प्रेष गर्न सम्बधित संचारकर्मी र संचारमध्यमहरुलाई आग्रह गरेको समेत गरेको थियो ।
यसैक्रममा गत जेठ १२ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्न चेतावनी दिएका थिए । महासचिव विप्लवले विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा शम्भु कट्टेलको बाइलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभएर घोर आपत्ति रहेको जनाएका थिए । यसैबीच महासचिव विप्लवको चेतावनीबिपरित सो पत्रिकाले आज पनि विप्लवको नेकपामा प्रकाण्डको ‘कमब्याक’ भन्ने शिर्षकमा भ्रामक समाचार प्रकाशन गरेको ति नेताले ठोकुवा गरे । यसरी पार्टीवाट कारबाहीमा परेका , निष्काशनमा परेका र पार्टीभित्रै रहेर सुराकीको काम गर्ने झुण्डहरुको नियोजित षड्यन्त्रलाई साथ् दिदै सत्य तथ्य नबुझी समाचार आफैमा निन्दनीय भएको उनको ठोकुवा छ । एउटा क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध यसरी सुनियोजित ढंगले ‘मेडिया वार’ मा उत्रनु घोर भर्त्सना योग्य भएको र एउटा क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध गरिएको यस्तो सुनियोजित हमलाको नेपाली जनताले हिसाब किताब माग्ने उनले बताए , साथै उनले जस जसले क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध अफबाह फैलाउदै छन् तिनीहरुले जनताको कठघरामा उभिएर ति समाचारको पुस्टि गर्ने दिन नजिक आएको बताउदै पुस्टि गर्न नसके त्यस्ता भ्रामक र तथ्यहीन समाचार लेख्ने र छाप्ने सबैलाई जनताले दण्डित गर्ने उनले ठोकुवा गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु