भ्रस्ट इन्जिनियर अख्तियारको फन्दामा

२०७२ असार २० गते, आईतवार

काठमाडौ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय वुटवलको टोलीले उपभोक्ता समितिको काम मिलाइ दिने भन्दै घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाई विकास डिभिजन कार्यालय नं. ७ का दुई इन्जिनियर पक्राउ गरेको छ ।
उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाइ योजनाको काम गरिदिने भन्दै ५६ हजार रुपैंया घुस लिएको आरोपमा इन्जिनियरहरु इश्वरी प्रसाद ढकाल र योगेन्द्र मिश्रलाई कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बुटवल लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु