‘भ्रष्ट र अयोग्य देशका महिला अमेरिकामा प्रगतिशील, फिर्ता जाउ’

२०७६ असार ३० गते, सोमबार

काठमाडौं, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो गरेको एक ट्वीटले चौतर्फी आलोचना खेप्दै जातीवादी ओरोपमा परेको छ । केही महिला सांसदप्रति लक्षित गर्दै उनले आक्रामक रूपमा गरेको ट्वीटले ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको हो । राष्ट्रपति निर्वाचित हुनुपूर्व नै आप्रवासीहरूप्रति कडा प्रस्तुत हुँदै आएका ट्रम्पले फेरी आलोचना गरेका हुन् । उनले ‘केही प्रगतिशील महिला पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएका छन्, उनीहरुले आफ्नै भ्रष्ट र अयोग्यदेशमा गए राम्रो हुन्छ, त्यसका लागि सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिन खुसी हुनेछन्’ भन्दै श्रृखलाबद्ध ट्वीट गरेका थिए ।
प्रगतिशील धारका चार महिला सांसदसँग सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे पेलोसीको मतभेद देखा परेको एक हप्तापछि ट्रम्पले यस्तो ट्वीट गरेका छन् । ट्वीटमा ट्रम्पले ती सांसदको नाम भने उल्लेख गरेका छैनन्।
पेलोसीको मतभेद देखा परेका सांसदमध्ये एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् धने इल्हान ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन्।
पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन्। संसद्‌मा मिशिगनको प्रतिनिधित्व गर्ने रासिदा तलाइबले ट्वीट गर्दै ट्रम्पमाथि महाअभियोग लगाइनुपर्ने माग राखेकी छन् भने नेता बर्नी स्यान्डर्सले पनि ट्रम्प जातिवादी भएको आरोप लगाएका छन्। ‘य र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ,’ उनले लेखेका छन्। आलोचनाबारे ट्रम्पले भने कुनै प्रतिक्रिया जनाएका छैनन्। – एजेन्सी

प्रतिक्रियाहरु