भ्रष्ट मालपोत अधिकृतलाइ कैदको सजाय

२०७१ मंसिर १३ गते, शनिबार


काठमाडौँ । मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित छ जनालाई विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गरेको अभियोगमा दोषी ठहर गरेको छ । कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब एक करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण पेस गर्दै स्थानीय नारायण कठरिया र जगत कठरियाले आफ्नो नाममा पारेका थिए । नक्कली कागजात बनाई श्रेस्ता कायम गर्ने कार्यमा सहयोग गरी पदको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले शुक्रबार तत्कालीन निमित्त मालपोत अधिकृत तिमल्सिना, खरदारद्वय लोकबहादुर राउत, अग्निबहादुर शाही र गाविस सचिव अनिलकुमार मिश्रलाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतका अध्यक्ष मोहनरमण भट्टर्राई, सदस्यद्वय भूपेन्द्रप्रसाद र्राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले दर्ता नै नभएको जग्गामा श्रेस्ता कायम गरेको अभियोगमा उनीहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो । विशेष अदालतले तत्कालीन मालपोत अधिकृत तिमल्सिना र गाविस सचिव मिश्रलाई जनही तीन महिना कैद र ८६ लाख ५० हजार जरिवारना गरेको छ । श्रेस्ता नै नभएको जग्गामा जग्गाधनी बनाउने कार्यमा सहयोगीको भूमिका खेलेको अभियोगमा मालपोत कार्यालयका खरिदारद्वय राउत र शाहीलाई जनही ३ महिना कैद र २ लाख जरिवाना गरिएको छ । मुख्य अभियुक्त कठयातद्वयलाई अदालतले एक वर्षछ महिना कैद हुने फैसला गरेको छ । सशस्त्र द्वन्द्वको समयमा जलेको मालपोत कार्यालयको श्रेस्तामा उनीहरूको नाममा जग्गा रहेको भन्दै गाविस सचिव मिश्रले सिफारिस दिएपछि मालपोत कार्यालयले उनीहरूको नाममा जग्गा धनी पूजा जारी गरेको थियो । अख्तियारमा परेको उजुरीको आधारमा अनुसन्धान गर्दा मालपोतका कर्मचारी र गाविसका सचिवको मिलेमतोमा उक्त घटना भएको पाइएपछि २०७० मंसिर २३ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार