भ्रष्टाचार विरोधी अभियानका सातजना पक्राउ

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । इटालीमा सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा सोमबार राति थप सात जना पक्राउ गरिएको समाचार छ ।
अभियान इटालीको सरकारले दुई हप्ताअघि सुरु गरेको हो । उक्त अभियानलाई तिब्रता दिँदै इटाली प्रहरीले सोमबार मात्र सात जनालाई पक्राउ गरेको बताइएको छ । सो सरकारले गत हप्तामात्र नौ जनालाई पक्राउ गरेको थियो । इटालीको दक्षिणी प्रान्त नापेल्सबाट ती व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हाल पक्राउ गरिएका व्यक्तिको बारेमा पूर्ण विवरण नदिएपनि उनीहरु उच्चपदस्थ सरकारी कर्मचारी रहेको जनाइएको छ । इटालीको प्रहरीले आर्थिक मुद्दामा मुछिएका व्यक्तिहरुको कारबाहीको अभियान चलाएको छ । सो अभियानमा यसअघि पनि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पछिल्लो समयमा आर्थिक मन्दीमा फस्दै गएको इटालीमा यसको एक कारण भ्रष्टाचार पनि रहेकोले यसका विरुद्धमा कारबाहीको अभियान सरकारले थालेको हो । इटालीमा भ्रष्टाचार बढेको गुनासो व्यापक मात्रामा बढेको छ । यसरी आलोचित बन्न थालेपछि सरकारले पनि यो अभियान थालेको समाचारमा जनाइएको छ ।- रासस-एपी

प्रतिक्रियाहरु