भ्रष्टाचार र कुशासन कहिलेसम्म ?

२०७६ भाद्र २३ गते, सोमबार

देशमा दुईतिहाई बहुमतप्राप्त सरकार छ तर सरकारको कार्यशैली हेर्दा भने लाज मान्नुपर्ने स्थिति छ । संविधान प्रद्धत जनताको मौलिक हक र अधिकार कुठित भएका छन् । प्रचलित नियम कानूनको खिल्ली उडाइएको छ । जो रक्षक उही भक्षक भन्ने उखान अहिलेको सरकारले ठ्याक्कै चरितार्थ गरेको छ । प्रहरी प्रशासनबाट जनताले सुरक्षा होइन र प्रताडनामात्र पाइरहेका छन् । केही समय यता सामाजिक संजालमा सार्वजनिक भएका विषयवस्तु हेर्ने हो भने सरकारको असक्षमता छर्लङ्ग हुन्छ । सरकार जनताको स्वच्छ आलोचना सुनेर आपूm सच्चिन चाहँदैन बरु जनतामाथि यो वा त्यो बहानामा निरंकुशता लाद्न मात्र उद्दत भएको देखिन्छ । सरकार आपूmले गरेका काम कार्यवाही सार्वजनिक गर्ने हिम्मत राख्दैन । जसका कारण सरकार आमजनताको नजरबाट गिर्न पुगेको छ ।
भ्रष्टाचारका दजर्नौ काण्डहरु सरकार कै कारण सेलाएका छन् र दोषीहरु छाति फुलाएर घुमिरहेका छन् । प्रहरी प्रशासन बेलगाम भएको छ । सर्वसाधारण र निर्दोष जनता जुनसुकै बेला प्रहरी प्रशासनको सिकार बन्न सक्छन् । न्यायालय औचित्यहिन भएका छन् ।
सरकारको वर्तमान कार्यशैली कै कारण देशको छवी धुमिल हुन पुगेको छ । आम सचेत नागरिक, बुद्धिजीवी, मानवअधिकार कर्मी, कलाकार, डाक्टर, वकिल, पत्रकार कोही पनि सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन । सत्तासिन दल बाहेक संसद्मा रहेका अन्य दलहरु समेत सरकारको कार्यशैली देखि वाक्क दिक्क भएका छन् । सरकारको यस्तो कार्यशैली कै कारण देश संकट तर्पm धकेलिएको छ ।
सरकारकै कारण संकट तर्पm धकेलिएको देशलाई बचाउन नेपाल कम्युनिष्ट पार्टीले संघर्ष थालेको छ । नेकपाको राष्ट्रवादी र जनपक्षीय कार्यशैली देखेर आत्तिएको सरकारले उसमाथि प्रतिवन्ध लगायो तर नेकपा रत्तिभर नआत्तिएर देश राष्ट्र राष्ट्रियता र जनजीविकाको सवाललाई लिएर संघर्षमा उत्रिएको छ । उसको यही प्रतिवद्धता देखेर आज सचेत नागरिक नेकपाको पक्षमा खडा हुन थालेका छन् । सरकारको कार्यशैली आमसचेत नागरिकलाई पटक्कै मनपरेको छैन भने नेकपालाई जनताको साथ र सहयोग बढ्दै गएको छ । यस्तो स्थितिमा सरकारले नेकपाले उठाएको राष्ट्र, राष्ट्रियता र जनजीवीकाको विषयमा उसँग सहकार्य गरेर अगाडि बढ्नु जरुरी छ । अन्यथा स्थिति भयावह हुन सक्छ चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु