भ्रष्टाचारका विरुद्व जनविद्रोह अनिबार्य – विष्णु पन्त

२०७६ चैत्र २ गते, आईतवार


१. भ्रष्टहरुको घरमा शक्तिशाली बमहरु पड्किउन् –
नेपाललाई भ्रष्ट र कमिशनखोरहरुले निलीसके । भ्रष्टाचार त आज आम नेपालीको शत्रु बनिसक्यो । भ्रष्टाचारले गर्दा हाम्रा समाजहरु खोक्रा बनिसके । आज त झन् संस्थागत र वैधानिक भ्रष्टाचारले महामारीको रुप लिएको छ । सरकार नै कमिशनको बार्गेनिङ्गमा छ । सत्तारुढ पार्टी कमिशनको चक्करमा संस्थागत ढंगले लागिपरेको छ । छानविन र नियन्त्रणका लागि कुनै पनि निकाय छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्यो आफैं डुबेको छ र सरकारको छायाँ बनेको छ । सबैलाई थाहा छ, भ्रष्टाचारले देशकै अस्तित्वलाई संकटग्रस्त बनाउँदै छ । आजको नेपालका प्रमुख शत्रुहरु हुन भ्रष्ट, दलाल, तस्कर, कालोबजारीया र माफियाहरु । जुन कहाँ छन्, त्यो स्पष्टै छ । भ्रष्टाचारीहरु र कमिसन खोरहरु सत्तामा छन्, सरकारमा छन् र दलहरुको हाइकमाण्डमा छन् । पछिल्लो पटक सार्वजनिक भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणले सरकारका सबै हर्कतहरुलाई नङ्गाई दिएको छ । ७० करोड कमिशन डिल गरेको अडियोले निकै चर्चा पनि पायो । सेक्यूरिटी प्रिन्टिङ्ग प्रेश खरिद प्रकराणले दलाल सत्ताको चरित्र र मस्कद के रहेछ भनेर प्रष्टाएको छ । हुन त त्योभन्दा पहिले नै फोर जी काण्डमा अरबौं भ्रष्टाचार भएको कुरा सत्तारुढ सांसदहरुद्वारा नै उठाईएको थियो तर, छानबिन कसले गर्ने ? उनी प्रधानमन्त्री केपी ओलीका सबैभन्दा विश्वास पात्र । यत्रो अडियो काण्ड बाहिरिँदा पनि प्रधानमन्त्रीले उनलाई निर्दोष भनिसकेका छन् । बरु स्वयम् गोकुल बाँस्कोटाले म निर्दोष छु भन्न सकेका छैनन् । नैतिकताको पनि हद हुन्छ नि ! देशमा अरबौंका भ्रष्टाचारका काण्डहरु घटेका छन् तर छानबिन हुने निकाय नै छैन । यस्तो छाडा र नाङ्गो नाचलाई जनताले के टुलुटुलु हेरेर मुकदर्शक बन्न सक्छन् त ? राष्ट्रिय ढुकुटीलाई रित्याएर नेताहरुले ठूला–ठूला आलिशान दरबार बनाउने कुरा के सैह्य हुन्छ ? राष्ट्रिय ढुकुटीलाई भ्रष्टाचार र कमिशनको माध्यमबाट खोक्रो बनाउने अनि बदलामा विदेशीहरुसँग जथाभावी ऋण लिएर अनि राष्ट्रघाती सम्झौताहरु गरेर विकासका डंका पिट्नेहरुलाई कारबाही गर्ने विधि के हो ? के नेताहरुको अकुत सम्पत्ति छानविन गर्न सक्ने राज्य संयन्त्र हामीसँग छ त ? त्यसकारण देशको बारेमा सोंच्ने हो भने भ्रष्टाचारको बारेमा छानबिन गर्न सक्ने शक्तिशाली निकाय चाहिन्छ । तर बिडम्बना आजका संसदीय नेताहरुद्धारा सम्पत्ति छानबिनको प्रावधानलाई सशक्त बनाउने कल्पना पनि गर्न सकिँदैन ।
२. भ्रष्टाचारका विरुद्ध जनआक्रोश ः गणतन्त्रको नाममा लुटतन्त्र हाबी भयो । भ्रष्टहरुलाई लखेट्ने शक्तिको आज खोजी भईरहेको छ । केही समय अगाडि बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गराई कारबाही गरेको थियो । हालै आएर ७० करोडको कमिशन डिलिङ्ग गरेको अडियो नै सार्वजनिक हुँदा समेत पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई जोगाउन वा सफाई दिन सम्पूर्ण राज्य संयन्त्र नै लागिपरेको अवस्थामा विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराई कारबाही गरेको जनाएको छ । जब अति हुन्छ तब विस्फोट र खती हुन्छ नै । त्यति मात्र होइन जनताले भनेको छ, भ्रष्टहरुका घरहरु नै ध्वस्त हुने बमबारी गर । उनीहरुलाई अली–अली तर्साएर केही पनि हुनेवाला छैन् भन्ने जनमत बलियो छ ।
प्रचण्डलाई एक सहिद परिवारका छोराले जुत्ता प्रहार गरे । प्रचण्डको घरलाई जनताले घेर्न थाले । यी जनआक्रोश र असन्तुष्टीका बिम्बहरु मात्र हुन् । आपूm नवधनाढ्य वर्गमा परिणत हुने, अरबौंका दरबारमा बस्ने, सुरक्षा घेरामा हिंड्ने, हेलिकप्टर र महंगा कार चढ्ने अनि वर्ग संघर्षका कुरा गर्न नछाड्ने ? अब त वर्ग संघर्षका कुरा गर्न त छोडे पनि हुने नि ! ढोंगको पनि हद हुन्छ नि । अब पनि ओली र दाहालले वर्ग संघर्षका कुरा गर्न पाईन्छ ? अटेर गरे जुत्ता प्रहार हुन्छ, ढुंगा नै प्रहार हुनसक्छ । कम्तीमा श्रोता र दर्शकले सुन्न, पत्याउन र सहन सक्ने त बोल्नु प¥यो नी !
३. जब राज्य मौन बस्छ तब विद्रोह र विस्फोट हुन्छ – जनताको माग छ, भ्रष्टहरुलाई फाँसी देउ । देशलाई लुट्ने अपराधीहरु हुन् भ्रष्टहरु । आफ्नो मातृभूमिलाई कङ्गाल बनाएर, विदेशी ऋणमा डुबाएर आपूm लुट्ने यी अपराधीहरुलाई समयले माफ गर्न सक्दैन । हामीलाई थाहा छ, आज राज्यको चरीत्र के हुँदैछ ? राज्य आफैं लुटपाटमा उत्रिएको छ । राज्य आफैं कानुनको उल्लंघन गर्दैछ । आफ्नै न्यायालयका आदेशहरुलाई समेत लत्याउँदैछ । कानून सामान्य जनतालाई ठग्ने हतियार बनाईँदै छ । राजनीतिक स्वतन्त्रता केवल सत्ताका लठैतहरुलाई मात्र सीमित गरिएको छ । राज्य केवल हत्यारा, गुण्डा, मण्डले र माफियाहरुको संरक्षणमा लागेको छ । जनतामा अन्याय, अत्याचार, शोषण, उत्पीडन र जघन्य अपराध हुँदा सरकार मौन र रमिते बनेर बस्छ । के जनताले सधैंभरी यो सहेर बस्न सक्छ ? भन्दा के भन्छन््, ‘भ्रष्टाचारका विरुद्ध सून्य सहनशीलता ।’ के सून्य सहनशीलता भनेको यही हो ? के आफ्नालाई भ्रष्टाचार र कमिशनमा डुबाउने अनि विरोधीलाई मौका पाए मुद्दा चलाउने तरिक सून्य सहनशीलता हो ? सून्य सहनशीलताको कुरा गर्ने प्रधानमन्त्रीले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई प्रतिरक्षा गर्ने अनि सफाई दिन अख्तियार प्रमुख र न्यायाधीशहरुलाई भेट्दै हिंड्ने शैली अपनाएर जनताले पत्याउने अवस्था हुन्छ ?
४. भ्रष्टहरुको घरमा बम विस्फोट हु“दा संरक्षकहरु अत्तालिए – जनताले भनेका छन्, अहिलेको गन्हाएको सत्तालाई आच्छु आच्छु पार्ने शक्ति भनेकै विप्लव समुह हो । गोकुल बाँस्कोटाको घरमा बम पड्किँदाको खुसी भए, अनि को अत्तालिए ? आम जनता खुसी भए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै धेरै नेता तथा कार्यकर्ताहरु खुसी भए । जनताले त सिंहदरबार र बालुवाटारमा हान्न भनेका छन् । किनभने भ्रष्टाचारका अखडा बालुवाटार, सिंहदरबार, बालकोट, खुमलटार हुन भन्ने छताछुल्ल भएका छन् । जनतालाई भन्दिनु पर्यो – भ्रष्ट गोकुल बाँस्कोटालाई सरकारले काखी च्याप्ने कि कारवाही गर्ने ? हुन् त उनी अध्यक्षद्वयका कमिशन एजेन्ट हुन् भन्ने गरिन्छ । त्यसकारण विप्लव नेकपाले बम पड्काउँदा सबैभन्दा बढी ओली र दाहाल अत्तालिएका छन् ।
५. के बम पड्काउनेहरु सबै आतंककारी हुन् ?– जब भ्रष्ट पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्कियो, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहायक अध्यक्ष पुष्पकमल दाहालले प्रयोग गरेको शब्द “आतंककारी” सर्वत्र भाइरल बन्यो र मान्छेहरुले प्रश्न उठाएका छन्, के त्यो शब्द प्रचण्ड आफैंले प्रयोग गरेका होलान् त ? जनताले पुष्पकमल दाहाललाई प्रश्न सोधेका छन्, के बम पड्काउनेहरु सबै आतंककारी हुन् ? आतंककारी शब्दले पुष्पकमल दाहालको भित्री मनोदशालाई इंगित गर्दछ । पहिलो कुरा पुष्पकमल दाहाल स्वयम् जनताको भ्रष्टाचार विरोधी आन्दोलनबाट अत्तालिएका छन् । दोश्रो कुरा मुलुकमा उठ्न सक्ने क्रान्तिको ज्वारभाटाबाट प्रचण्ड रन्थनिएका छन् । विप्लव र प्रकाण्डको उदयबाट सबैभन्दा बढी आतंकित व्यक्ति हुन् – पुष्पकमल दाहाल । त्यसकारण उनले आफ्नो उत्तेजना र आतंकलाई शब्दबाट पोखे । वास्तवमा केपि ओलीले आतंककारी शब्द प्रयोग गरेको भए त्यो केवल खेदजनक र हास्यास्पद हुन्थ्यो नै तर अली सहज हुन्थ्यो होला । पुष्पकमलले प्रयोग गर्नु त्यो अपराध नै हो । यसले नेपाली राजनीतिमा पुष्पकमलको खस्किँदो चिन्तन र दृष्टिकोणलाई इंगित गरेको छ । वास्तवमा पुष्पकमलको संकीर्णता र क्रुरताको प्रतिबिम्ब हो आतंककारी शब्द चयन । उनले सचेततापूर्वक नै यो शब्दको प्रयोग गरेकोमा कुनै शंका छैन् । र त उनी विरोध र आलोचनाका पात्र बनेका छन् ।
६. कारवाही कसलाई गर्ने, भ्रष्टचारीहरुलाई या विप्लवलाई ? – वर्तमान सरकारसँग जनताले एउटै प्रश्न गरेका छन्, सरकारको कारबाही कसलाई ? भ्रष्टाचारमा चुर्लुम्बै डुबेर गन्हाएका गोकुल बाँस्कोटालाई कारबाही गर्ने कि, भ्रष्टहरुलाई घोषित रुपमै जनकारबाही गर्ने घोषणा गरेका विप्लव र प्रकाण्डलाई ? निश्चित छ, यो राज्यसंरचनाले भ्रष्टहरुलाई कारवाही होइन संरक्षण प्रदान गर्दछ । निश्चित छ, यो भ्रष्ट सत्ताले विप्लव नेतृत्वको पार्टीका नेता र कार्यकर्ताहरुलाई नै धारेहात लगाउने छ । निश्चित छ, उसले दमनका ठूला–ठूला अप्रेशनहरु चलाउने छ । उसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दुरुपयोग गर्दै भ्रष्टहरुको संरक्षणमा र विरोधीहरुको ध्वंसमा लगाउने छ । यदि सरकारले आफ्नो छबी सुदृढ गर्ने हो भने उसले राज्यको भूमिका निर्वाह गर्नेछ । यदि प्रधानमन्त्री शर्मा केपि ओलीमा सद्बुद्धि आयो भने उनले आफ्नै छोरातुल्य भए पनि गोकुल बाँस्कोटालाई दण्डित गर्नुपर्ने छ भने भ्रष्टाचार विरोधी जनमतलाई सम्मान गर्नुपर्ने छ । केपि ओलीले विवेक पु¥याउने हो भने पार्टीको लेटरप्याडमा प्रयोग भएको आतंककारी शब्दप्रति क्षमायाचना गर्नुपर्ने हुन्छ ।
७. झापा विद्रोह र जनयुद्धका नाईको को ?– झापा विद्रोहमा सामन्तहरुको टाउका काट्ने अभियान चलाइरहेको थियो । जनयुद्धमा सामन्तहरुको सफाया गरिएको थियो । ती दुवै आन्दोलनका नेता थिए क्रमशः केपि ओली र पुष्पकमल दाहाल । आपूmले गरेको सबै क्रान्ति हुने र अरुले गरेको अपराध हुने के यस्तो हुन्छ ? न त ओली र दाहालले कहीँ, कतै इतिहासप्रति माफी मागेका छन् न त गल्ती नै स्वीकार गरेका छन् । बरु त्यही इतिहासको गौरव गाथा गाएर सत्तामा टिकिरहेका छन् । आफ्नै इतिहासप्रति बेइमानी गरेर आफैंले आफैंलाई घात प्रतिघात गरेर उनीहरु विजयको डङ्का पिट्दै छन् । या त पुष्पकमल दाहालले जनयुद्ध प्रति प्रायश्चित गर्नुपर्दछ र आपूmलाई कम्युनिष्ट भन्न छाड्नु पर्छ या त उनले राजनीतिबाट सन्यास लिनुपर्छ ।
८. आज जनआक्रोशको केन्द्रमा प्रचण्ड छन् र ओली साईडमा – आज दशवर्षे यनयुद्धले बोकेको विरासतको हिसाब किताब बुझाउने जिम्मेवारी पुष्पकमल दाहालको हो । सत्र हजार मान्छेको बलिदानको मुल्यसँग खेलवाड गर्ने छुट उनलाई छैन । हजारौं सहिद तथा वेपत्ता परिवारको विचल्ली, हजारौं योद्धा, नेता, कार्यकर्ताहरुको जीवन वर्वादीको मूल्य चुकाउने काम उनको थियो । वर्ग संघर्षको हिसाब किताबको फेहरिस्त पेश गर्ने जिम्मा कसको हो ? सर्वहारा, श्रमजीवि वर्गको राज्यसत्ताको प्रश्न कहाँ पुगेको छ, त्यस्तो सजिव चित्र पेश गर्ने जिम्मा कसको ? त्यसकारण झापा विद्रोहको तुलनामा जनयुद्ध ताजा जस्तै छ । हजारौं र लाखौं जनमुक्ति सेना निर्माण गरेर संसारलाई हल्लाउने सपनाहरुलाई क्षणभरमै दुश्मनलाई बेच्ने र ध्वस्त बनाउने अपराधका लागि आक्राशेको केन्द्रमा पुष्पकमल दाहाल रहिरहने छन् । भारतीय साम्राज्यवादका विरुद्ध सुरुङ्ग युद्ध अनि अमेरिकी साम्राज्यवादसँग युद्ध लड्ने सपनाहरुलाई क्षणभरमा बेच्ने आत्मसमर्पण गर्ने अपराधका लागि पुष्पकमल दाहालप्रतिको जनआक्रोश केन्द्रमा छ । पार्टी सेना र जनसत्तालाई बेचेर ओलीपथमा गएका प्रचण्डप्रतिको आक्रोश थामी नसक्नु छ । वर्तमान दलाल सत्ताको केन्द्रमा केपि ओली छन् तर जनआक्रोशको केन्द्रमा प्रचण्ड छन् । ओलीले गर्ने सबै अलोकप्रिय, राष्ट्रघाती र जनघाती निर्णयको बचाउ गर्दा गर्दैमा उनको जीवन बित्ने निश्चित छ । ओलीविरुद्धको आक्रोशको बाढीले सबैभन्दा पहिले प्रचण्डलाई बगाउने सम्भावना छ ।
९. अब भ्रष्टहरुविरुद्ध जनविद्रोह हुन्छ – भ्रष्ट गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएपछि छिमेकी घरमा पनि सामान्य क्षति भयो भन्ने खबर दुःखद छ । तर, छिमेकीहरुले भने– ‘भ्रष्टहरुलाई छिमेकमा राख्नु हुँदैन् ।’ यसले के देखाउँछ भने भ्रष्टहरु विरुद्धको संघर्ष र प्रतिरोध अब सशक्त हुँदै छ । जनमनोविज्ञानले भ्रष्टहरुलाई लखेट्ने आन्दोलनको माग गरिरहेको छ । जनताको विश्वास सरकारसँग छैन् । जनताले सत्तारुढ पार्टीलाई विश्वास गर्ने आधार छैन । एकपछि अर्को गलत बाटोमा होमिँदै छन् शासकहरु । सबै दलाल र माफियाहरुको घेराबन्दीमा फसिसकेका छन् । सबै नागरिक समूहहरु भ्रष्टाचारको विरोधमा उत्रेका छन् । गृहमन्त्री रामबहादुर थापाले एक ठाउँमा भनेका छन् –‘सबै भ्रष्टाचारीलाई कारवाही गर्ने हो भने स्थानीय निकायहरु खाली हुन्छ ।’ हामीले देखेका छौं, भ्रष्टाचारीहरुलाई कारवाही गर्ने हो भने सरकार र संसद खाली हुन्छ । त्यसकारण यी घटनाहरुले भ्रष्टाचारको भयाभह दृश्य प्रष्ट हुन्छ ।
भ्रष्टाचार आज देशकै साझा शत्रु बनेको छ । जनता भ्रष्ट नेताहरुबाट आजित भइसकेका छन् । जनताले नेताहरुको घर घेरा हाल्न सुरुवात गरिसकेका छन् । जे पायो त्यही बोल्दा जुत्ता प्रहार गर्न र थप्पड हान्न थाली सके । यी घटनाहरुलाई नेताहरुप्रतिको जनआक्रोशको अभिव्यक्तिका रुपमा बुझ्नु र त्यहीअनुसार आपूmलाई रुपान्तरण गर्नु त कहाँ हो कहाँ उल्टो दमन र फासीवादको बाटो रोज्नुले उनीहरुको पतनलाई प्रष्टाइरहेको छ । जनआक्रोश बढ्दै गयो भने सर्वहारा वर्गको नेता भन्दै आलिशान महलमा बस्ने नेताहरुको भागाभाग हुने दिन नजिकिँदै छ । नेपाली जनताहरु संयमित र धैर्य छन् तर धैर्यताको बाँध टुट्यो भने जनताले नेताहरुलाई लखेट्न सक्छन् । नेताहरुले बाटो बिराएपछि हुने यस्तै नै हो । देश र जनताप्रति गद्दारी गरेपछि, धोका दिएपछि हुने यस्तै नै हो ।
१०. भ्रष्टाचार नेताहरुको जीवनशैलीबाट प्रमाणित हुन्छ – सरकारले भ्रष्टाचारको विरोध गर्ने जनतालाई भन्छ, भ्रष्टाचारको प्रमाण ल्याउनुस् । प्रमाण ल्याए सरकार भन्छ, उहाँलाई फसाइएको हो । त्यसकारण यो सत्ता भ्रष्ट, दलाल, तस्कर, कालोबजारीया र माफियाहरुको हो । वास्तवमा भ्रष्टाचारको प्रमाण नेताहरुको जीवनशैली हो । भ्रष्टाचारको प्रमाण नेताहरुको जीवनशैलीमा भेटिन्छ । उनीहरु कस्तो घरमा बस्नछन्, कस्तो गाडी चढ्छन्, हेलिकप्टरको चार्टर कसरी गर्छन्, उनीहरुको दैनिक खर्च कसरी चल्छ, बिरामी हुँदा कहाँ उपचार गर्छन् र उनीहरुको रहस्यमय साँठगाँठ र बसउठ को–कोसँग हुन्छ ? त्यसबाट नै भ्रष्टाचारको प्रमाण भेटिन्छ । नेताहरुको पैतृक सम्पत्ति सत्तामा नपुगुञ्जेलसम्मको जीवनशैली र हालको सम्पत्ति तथा जीवनशैली बीचको रेखाचित्रबाट सबैकुरा छर्लङ्ग देखिन्छ । आज भ्रष्टाचार भन्ना साथ नेता र कर्मचारीको निदहराम हुन्छ । काम नगरी रातारात धनी भएको नवधनाढ्य वर्गलाई छानबिनको दायरामा ल्याउन सक्नुपर्छ ।
जे होस् सारमा भन्दा भ्रष्टाचार विरुद्धको जनआक्रोश विस्फोट बन्दै छ । जनताको कुुखुर र अण्डामा पनि कर लगाउने, ठूला दलाल व्यापारीहरुलाई कमिशन खाएर अरबौं कर छुट गर्ने अनि विदेशिएका युवाहरुको रेमिट्यान्सबाट शासकहरुको सत्ता चलाई राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुट गर्ने परिपाटीलाई जनताले जबरजस्त बल प्रयोगबाट ध्वस्त पार्नुपर्छ । अब गाउँ र टोलबाट भ्रष्टाचारीलाई खेद्ने दिन नआउला भन्न सकिन्न । सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु