भ्रष्टलाई सामाजिक बाहिस्कार गरौ – प्रशान्त लामा दोङ

२०७४ आश्विन २ गते, सोमबार

बर्षको ३६४ दिनसम्म कालोकुट पिलाएर एकदिन अमृत पिलाउने हाम्रो नेपाली समाजको प्रवृत्ति देख्दा लाग्छ , इतिहासले कालपुरूष कहिले यस्तो भित्र्याएला जुन इतिहास सम्झिदा संसारमा यस्तो कपुतहरूले भुलेर पनि शिर उठाउने छैन कि जुन कर्म देश र जनताको हित बिपरित होस भन्नेतिर । जब बोट नै बीषबृक्ष छ भने कसरी फल अमृतको परिकल्पना गर्ने ? शून्यतामा गरिएको प्रयोगशाला आखिरमा परिणाम शुन्य नै दिने हो । आदर्शको कुरा जति गरे नि यदि तपाई स्वयममा नै व्यवहार त खोटखोटले भरिएको छ भने सपनामा पिलाएको खिर भन्दा फरक नपर्ला । जब हामीमा मनोबृत नै शुन्यता अढिएको छ , त्यो भन्दा माथि परिकल्पना भन्दा बाहिराको कुरो सम्झन्छ भने हामी गोहीको आँसु बगाएर केही हुनेवाला छैन । जनताको घरदैलोमा एक दिन नचाएर प्रत्येक दिन अस्तित्व लुट्न तयार मानसीकता देख्दा लाग्छ इतिहासले हामीलाई कहिल्यै सत पात्रहरू जुराएनन । शासन सत्तामा पुग्न कुर्सी मोहमा रमाएको नेताको पाखण्डीपना देख्दा लाग्छ इतिहासले कहिले त्यो युगपुरूष भित्र्याउने नकि सबत्र फिँजिएका रावणहरूको लंक जलेर नष्ट होउन । सर्वहाराको खोल ओढेर ओढेर सुन , हिरा र नागमणिमा लिप्त नेताको प्रवृत्ति देख्दा लाग्छ , कतै ब्वाँसोले दाना खुवाएर गलत त गरेनौ ? मुखमा रामराम जप्ने महामहिमहरू देशलाई लुटुरा साबित गर्न खोज्दैछ । त्यसमा पनि नेपाली राजनीतिमा कुनै पनि राजनीतिक दल अछुतो छैनन अनि भेटिदैन पनि । राजनीति कसैको बाउको पेवा हो या देश बनाउने नीति हो , राजनीतिको खोल ओढेका पाखण्डी राजनीतिक दलहरूलाई प्रश्न ? नाच्न जान्दैन आँगन टेडो भनेझैँ आफै झ्यालढोका बन्द गरेर आफूना अन्धभक्तेहरूलाई राजनीतिको खोल पहिर्याउँदै भित्र्याउँछन दोष निरिहा कर्मचारीको ? राजनीति कसैको गरिखाने भाँडो हो या देशको ढुकुटी ब्रह्मलुट गर्ने थलो ? हामीले प्रतिप्रश्न गर्नेबेला आएको छ । इमानदार पूर्वक कार्यसम्पादन गर्ने कर्मचारीलाई डस्बिन हालेर नेताको चाप्लुसी गर्ने भगौडा र कमिसन खोरीलाई बढवा दिन पदावि दिन राजनीतिको खोल ओढेर लिङ्ग नछुट्टिने नपुँसकहरू लाग्छ त कर्मचारीले राजनीति नगरेर पशुपतिमा बस्ने सन्यासीले गर्छ ? देश र जनताको हितलाई छात्तीमा राखेर राष्ट्रसेवक कर्मचारीलाई लात हानेर राजनीतिको खोल ओढेका पदावि र स्याबसी पाउँछ त , राजनीति कर्मचारीले नगरेर खेतमा काम गर्ने किसान बाले गर्छ ? देशको एक तिहाइ ढुकुटी बजेट झ्वाम मिलेर पार्ने जीन्दगीभर जेलमा सडाउनुको साटो राजनीतिको खोल ओढेको स्यालहरूले करोड फिर्तीमा ससम्मान माला लगाइन्छ त राजनीतिको नाम कलङ्ग नभएर के हुन्छ ? जीन्दगीभरि पार्टीको झोला बोकेका इमानदार कार्यकर्ता आफ्नो सत्ता बचाउको लागि नेताको छोराछोरीलाई राजनीतिक पदावि पाउँछ त , राजनीतिले सही मोड लिन्छ ? कोही प्रजानतन्त्रको ढ्वाङ फुकेर देशलाई ब्रह्मलुट गर्न चार सय बीसहरू देश चलाउने संयन्त्र भित्र्याउँछन त , त्यहा कार्य सम्पादनमा प्रभाव नपरेर कुवाभित्र पर्दछ ? ठूलठूला आयोजनामा कमिसनमा 100 रूपियाँ लागत लाग्ने काम नेतालाई कमिसन , कर्मचारीलाई कमिसन , प्राविधिकलाई कमिसन ,मुन्द्र र झुन्द्रेलाई कमिसन कटाएर 60 % बिलोमा 40 % बाँकीमा काम हुन्छ त , त्यो काम नबिग्रेर कसको बिग्रन्छ ? यो सब काम राजनीतिको खोल ओढ्ने नेताबाट भएको भन्दा फरक नपर्ला । राज्य संयन्त्रमा बस्ने मन्त्री तथा कर्मचारीहरू अरब र करोड लुट्ने , नेताको झोले र मुन्द्रे पाल्तुहरू 40 % बजेट लुट्ने अनि मेरो घरमा आगो लाग्यो भनेर छिमेकीलाई गाली गर्नु कति जायज हो ? नेता सुट्केशमा कोटको खल्तिबाट झिकिएको नेतृत्व झिकेर इमानदार कर्मचारी लात हान्छन त देश बिकास संभव छ ? पक्कै तलब र बढुवा फ्याँकेको सुट्केश हिसाब गर्ने हो भने नेतृत्व पुगेको एक बर्ष पछाडि पशुपतिमा खरानी घसेर हिँड्दा हुन्छ । त्यसको नेतालाई दिएको सुटकेशको लगानी , स्वास्नीलाई फरिया अनि डबल बैँक ब्यालेन्स उठाउन कर्मचारीले भ्रष्टचार नगरेर कसले गर्छ ? देश दुई तिहाई बजेट झ्वाम पार्नेलाई नदेख्ने राजनीति कस्तो राजनीति ? गद्धार देश बेच्ने दलालहरू , देशको ढुकुटी ब्रह्मलुट गर्ने महा दलाल कर्मचारी र नेताहरू जबसम्म फाँसिमा चढ्दैन , नेपाल भारतीय गुलामी बन्नु , युरोपियनहरूको डलरे गुलामी बन्न बाध्य हुनु बाहेक बिकल्प छैन । यसैले देशलाई जोगाउने हो भने कुनै पनि हालत भ्रष्टलाई फाँसी र जनस्तरबाट सामाजिक बाहिस्कार गरिएन भने नेपाल रूवाण्ड र सिरिया हुँदै सोमालिया बन्ने पक्का छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु