भ्रमण वर्षका लागि देशबाहिरका कार्यक्रम स्थगित

२०७६ फाल्गुन १७ गते, शनिबार

काठमाडाैँ, १७ फागुन । सरकारले भ्रमण वर्ष २०२० का लागि देशबाहिर तय गरिएका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेकोले देशबाहिर भइरहेका औपचारिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएकाे हो । भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघ-सस्था तथा निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने तय गरेका थिए । तर, विश्व अहिले काेराेनाकाे महामारीसँग लडिरहेकाले तय भएका कार्यक्रमहरू स्थगित गरिएको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न नेपाल ‘काेरोना फ्री’ देश रहेकाे भन्दै केही समयअघि सरकारका पर्यटनमन्त्री मार्फत प्रचार भएकाेमा त्यसकाे तीव्र आलोचना हुँदै जाँदा सरकार पछि हटेको हाे । यस्तै, भ्रमण वर्षलाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने विषयमा समेत सरकारले तयारी अघि बढाएको छ । परिस्थतिअनुसार मात्रै निर्णय गर्नेगरी सरकारले तयारी गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु