भोलीको बन्द फरक किसिमको हुने !

२०७६ श्रावण १४ गते, मंगलवार

काठमाडौं , १४ साउन । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो । सरकाररको दमन र धरपकड बिरुद्ध भोलीआव्हान गरिएको बन्द कडा हुने बुझिएको छ ।
बन्दको आव्हान गर्दै नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञाप्तिमा संघर्षको कार्यक्रम अन्तर्गत जनप्रतिरोध र जनकारबाहीको समेत उल्लेख भएकोले भोलीको बन्द फरक किसिमको हुने बुझिएको छ ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञाप्तिमा भनिएको छ – “२०६२-०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु