भोलीको नेपाल बन्द आक्रामक हुने , आज साँझ देशभर मसाल जुलुस

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीले भोलि (मंगलबार) नेपाल बन्दको अाह्वान गरेको छ । नेकपाले भोलीको नेपाल बन्द आक्रामक हुने बताएको छ । साथै उसले भोलिको बन्दमा साथ र सहयोग गर्न आम जनसमुदायलाई अपिल गर्दै आज साँझ देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ ।
नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको हो । अाइतबार राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले भोलि नेपाल बन्द अाह्वान गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु