भोलि कोशी बन्द

२०७४ चैत्र १० गते, शनिबार

काठमाडौं , १० चैत । नेपाल कम्युनिस्ट पार्टीले भोलि चैत ११ गते कोशी ब्युरो (साविक कोशी अञ्चल) बन्दको अाह्वान गरेको छ । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै उसले कोशी ब्युरो अन्तर्गतका सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । हालै प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको अायोजना गरेको नेकपाले कोशी ब्यूरोले सहयोगको लागि सबैसँग अाग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु