भोलि (असार १० गते) को नेपाल बन्द बिशेष हुने

२०७६ असार ९ गते, सोमबार

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि सत्ता पक्ष , विपक्षदलका रास्ट्रवादी नेता एवं आमसचेत नागरिक आकोषित भएका छन । उनीहरुले दोहोरो भिडन्त नभई प्रहरीले ‘नियतवश हत्या गरेको’ भन्दै आपत्तिसमेत जनाएका छन् । यसरी आफ्नो नेतालाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेपछि नेपाल कम्युनिष्ट पार्टीले आक्रोशित हुदै बर्बरतापूर्ण हत्याकाविरुद्ध विभिन्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको थियो । यसै सङ्घर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले आज साँझ मसाल जुलुस र भोलि असार १० गते नेपाल बन्दको आव्हान गरेको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले भोलि(असार १० गते) को नेपाल बन्द बिशेष हुने भन्दै सहयोगको लागि आम जनता समक्ष अनुरोध गरेको छ । सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको भन्दै सरकारको यस्तो हर्कत बिरुद्ध उत्रन आम जनसमुदायलाई अपिल समेत गरेको छ । साथै उसले बन्दको अबज्ञा गर्ने र गर्न उक्साउनेसमेतलाई निगरानीमा राख्ने र उचित सजायको लागि आम जनता समक्ष पेश गर्ने समेत बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु