भोलिसम्म बर्षा र हिमपात हुने

२०७६ पुष २४ गते, बिहीबार

काठमाडौं , २४ पुष । मौसम पुर्वानुमान महाशाखाले पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।
काठमाण्डौंमा बिहानदेखि हल्का वर्षा भइरहेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातका कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । गत मंगलबारबाट बदली भएको मौसममा सुधार नहुँदा जनजीवन कष्टकर बनेको छ । मध्य र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद्ले जानकारी दिए । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ । बदली तथा वर्षा भएका कारण अधिकतम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक बढने भएकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार