भोलिसम्म पानी पर्ने

२०७६ माघ ३ गते, शुक्रबार

काठमाडौं , ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ । बिहानसम्म वर्षा जारी नै छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो पनि बर्षाको सम्भावना रहेको छ । आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनमा पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ । देशका अधिकांश स्थानहरु वर्षा र हिमपात हुने रहेकाले सतर्कता अपनाउन तथा चिसोबाट बच्न महाशाखाले सबै सर्वसाधारण लाई अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार