भोलिदेखि सेतो मच्छिन्द्रनाथ रथजात्रा

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौँ, १२ चैत । भोलिदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भोलिदेखि १७ गतेसम्म हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै रथयात्राका लागि स्थानीय जनता र सरकारी पक्षबाट पर्याप्त सहयोग पाएको बताए ।
समितिका सचिव सुजीव बज्राचार्यले सेतो मच्छिन्द्रनाथ रथजात्रा सम्पन्न गर्न जनस्तरबाट गठन गरेको समितिबाट विभिन्न कार्यहरु भइरहेको र रथजात्रा अवलोकन तथा दर्शन गर्न उपराष्ट्रपति परमानन्द झाको उपस्थिति हुने जानकारी दिए । कार्यक्रममा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास बज्राचार्यले महानगरपालिकाबाट जात्राका लागि आवश्यक सहयोग प्रदान गर्ने बताए ।

प्रतिक्रियाहरु