भोलिदेखि देशभर पानी पर्ने : मौसमविद

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं, २० वैशाख । मौसमविद् समिर श्रेष्ठले भोलिदेखि देशभर पानी पर्ने बताएका छन् । श्रेष्ठका अनुसार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्युक्त हावा र पश्चिमी वायूको प्रभावका कारण भोलिदेखि लागातार ३/४ दिनसम्म पानी पर्ने सम्भावना छ । सोमबार पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने उनले बताए । लामो खडेरीपछि पानी पर्न लागेकाले गर्मी केही कम हुने र खेतीबालीलाई फाइदा पुग्ने अनुमान गरिएको छ । बंगालबाट आएको जलवाष्पयुक्त हावाले गर्दा जमिन भिज्ने गरी झरी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । अहिले काठमाडौं उपत्यका सहित देशको पूर्वी र मध्य क्षेत्रको मौसम बद्ली भएको छ ।

प्रतिक्रियाहरु