भोलिको शैक्षिक हड्ताल फिर्ता

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौँ , १० असोज । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले भोली अर्थात असोज ११ गते गर्ने भनिएको पूर्वघोषित उपत्यकाव्यापी शैक्षिक हड्ताल कार्यक्रम फिर्ता लिएको छ । अखिल क्रान्तिकारीले आफ्ना गिरफ्तार दुई नेताको रिहा भएपछि सो कार्यक्रम फिर्ता लिएको हो । अखिल क्रान्तिकारीका उपत्यका विशेष समन्वय समितिका संयोजक लोकेश विश्वकर्माले सोमबार एक विज्ञप्ति जारी गरेर शैक्षिक हडताललगायत संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनकारी गराएका छन् । संगठनको कामको सिलसिलामा कलंकीको क्याब्रिज कलेजबाट असोज ५ गते केन्द्रीय सचिवालय सदस्य प्रमोद गिरी र काठमाडौँ जिल्ला सदस्य महेन्द्र तामाङलाई प्रहरीले चन्द असुलीको आरोपमा गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु