भैरवी मन्दिरबाट मुख्य मूर्ती चोरी

२०७१ भाद्र १ गते, आईतवार


काठमाडौँ । नुवाकोटको भैरवी मन्दिर शनिवार राति चोरी भएको छ । जिल्लाको प्रमुख धार्मिक स्थल भैरवी मन्दिरवाट मन्दिरको मूर्ती र गहना चोरी भएको छ ।विदुर नगरपालिका ३ मा रहेको भैरवी मन्दिरमा लगाइएको भोटे ताल्चा फोडेर मन्दिर चोरी भएको हो । मन्दिरमा रहेका अष्टमात्रिका र गणहरुको १२ मूर्तिमध्ये मुख्य भैरवीको मूर्ती र मूर्तीमा लगाइएको मुकुटका साथै चादीका सिक्री चोरी भएको पुजारी हरिमानसिह डंगोलले बताए ।मन्दिर चोरी हुँदा भैरवी भजन मण्डलीको सहयोगार्थ राखिएको दान पेटीका समेत चोरी भएको छ । नेपाल विद्युत प्राधिकरणले त्रिशूली सवस्टेसनमा रहेको ट्रान्सफरमर मर्मतका लागि विद्युत वन्द गरेको समयमा मन्दिरवाट मूर्ती र मुकुट चोरी भएको हो ।
करिव पाँच सय वर्ष पुरानो मन्दिरको रुपमा रहेको भैरवी मन्दिर देशका प्रमुख शक्ति पीठ मध्ये एक हो ।२०५८ मा तत्कालीन राजा वीरेन्द्रले मन्दिरवाट पुरानो मुकुट हटाई नयाँमुकुट राख्न लगाएका थिए ।नुवाकोट दरवार हेरचारका लागि राखिएको भैरवी सुरक्षा वेस क्याम्पबाट करिव साठी मिटरको दुरीमा रहेको मन्दिर चोरी भएपछि स्थानीयवासी रुष्ट छन् । नुवाकोट क्षेत्रमा रहेका धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरु सुरक्षाका लागि नेपाल प्रहरी र नेपाली सेनाको टुकडी छ ।घटना शंकास्पद रहेको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थवहादुर अधिकारी बताए । मन्दिर चोरी भएपछि प्रहरीले मूर्ती र गहना खोजी कार्य तीव्र पारेको छ ।

प्रतिक्रियाहरु