भैरवनाथ गणभित्र वम विष्फोट, चारजना घाइते

२०७४ माघ १९ गते, शुक्रबार

काठमाडौं १९ माघ । नेपाली सेनाको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको उक्त गणमा सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी चार जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।
प्रशिक्षणको क्रममा ग्रिनेट विस्फोट भएको बताइएको छ । सेनाकै प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको थियो । विस्फोटबाट प्रशिक्षकसहित चार घाइते भएको बताइएको छ । घाइते सबैको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार