भेडेटार भ्यु टावरमा प्रवेश निषेध

२०७२ जेष्ठ ९ गते, शनिबार

काठमाडौं, ९ जेठ । धनकुटा प्रसाशनले वैशाख १२ गते शनिवार र २९ गते मंगलबार गएको भुकम्पले क्षति पुर्‍याएपछि भेडेटारमा रहेको भ्यु टावर प्रवेशमा रोक लगाइएको छ ।भूकम्प तथा लगातार आएको पराकम्पनबाट भेडेटारको पर्यटकीय स्थल भ्युटावर चर्किएर क्षतीग्रस्त बनेपछि धनकुटा प्रसाशनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई टावर क्षेत्रमा प्रवेश निषेध गरेको छ ।
जिल्ला प्रसाशन कार्यालय धनकुटा , जिल्ला विकास समिति धनकुटा र धनकुटा नगरपालीकाको संयुक्त टोलीले अनुगमन गरेपछि टावर क्षेत्रमा प्रवेश रोक लगाइएको हो ।भूकम्पका कारण टावरको मुख्य जग एवम विभिन्न भागमा रहेका पिलरहरु चर्किएर क्षती ग्रस्त बनेको छ । उक्त टावर जुनैबेला पनि लडन सक्ने भएकाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको धनकुटाका स्थानीय विकाश अधिकारी गणेशप्रसाद दहालले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु