भूराजनिति सम्बन्धी सम्मेलन हुदै

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौ, ४ माघ । भारतीय विदेश मन्त्रालय तथा भारत सरकार निकट मानिने थिङ्क ट्यांक अब्जर्भर रिचर्ड फाउन्डेसको संयुक्त आयोजनामा भूराजनिति सम्बन्धी सम्मेलन अर्थात दोस्रो रायसिना डायलग आजदेखि हुदैछ । भारतमामा हुने सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाश शरण महतले सहभागिता जनाउदै छन । सम्मेलनमा उद्घाटनपछिको पहिलो प्यानलमा मन्त्री महतले बोल्ने कार्यक्रम छ । विग पालिटिक्स एन्ड न्यु च्यालेन्ज विषयक उक्त सत्रमा परराष्ट्रमन्त्री महतसहित अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई, क्यानाडाका पूर्वप्रधानमन्त्री लगायतले सम्बोधन गर्ने जनाइएको छ । दुई उदायमान मुलक भारत र चीनको बीचमा रहेको नेपाल अहिले पनि भूराजनितिक बनोटका आधारमा महत्वपूर्ण रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ६० भन्दा बढी मुलुकका पूर्वराज्य तथा सरकार प्रमुख, उच्च सरकारी अधिकारी, नितिनिर्माता र बौद्धिक वर्गको सहभागिता रहनेछ ।

प्रतिक्रियाहरु