भूकम्प प्रभावित विद्यार्थीले पोसाक र झोला किन्न १ हजार पाउने

२०७२ असार १६ गते, बुधबार

काठमाडौं, १६ असार । शिक्षा विभागले भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय पोशाक र झोला किन्न एक हजार रुपैयाँ उपलब्ध गराउने छ । भूकम्पका कारण घर भत्किएर विद्यालय पोशाक र झोला पुरिएका विद्यार्थीले एक हजार रुपैयाँ पाउनेछन् । यसको लागि प्रभावित जिल्लामा ४६ करोड रुपँयाँ पठाइएको शिक्षा विभागले जनाएको छ । विभागका योजना तथा अनुगमन महाशाखाका निर्देशक दिपकुमारी गुरागाईंले भूकम्पका कारण विद्यालय पोशाक र झोला पुरिएका विद्यार्थीलाई सहयोग गर्न ४६ करोड रुपैयाँ प्रभावित जिल्लामा पठाइएको जानकारी दिए । यो जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत जिल्ला शिक्षा कार्यालयमा पुगिसकेको उनले बताए । उनका अनुसार भूकम्प प्रभावित १४ जिल्लामा घरधुरीको आधारमा विद्यार्थीलाई यो रकम वितरण गरिनेछ ।
पोशाक र झोलाको लागि १४ जिल्लामा मात्र रकम विनियोजन गरिएको भएपनि पाठ्यपुस्तक पुरिएका र विद्यालय भवन भत्किएका ५२ जिल्लामा थप रकम निकासा गरिएको छ । ती जिल्लामा क्षतिको आधारमा १५ देखि ७० प्रतिशतसम्म सहयोग गरिने शिक्षा विभागले जनाएको छ ।

प्रतिक्रियाहरु