भूकम्प प्रभावित गाउँमा जनस्वास्थ्यकर्मी महासंघको निशुल्क स्वास्थ्य शिविर

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादी निकट स्वास्थ्यकर्मीहरुको संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले काठमाडौँको ९ नम्बर वडा झाँगाझिट्टीमा घुम्ति स्वास्थ्य शिविर सन्चालन गरेको छ ।महासंघले त्यहाका दहचोक सुबेदी गाउँ, मगर गाउँ र दलित बस्तिमा दुइ दिने निशुल्क घुम्ती स्वास्थ्यशिबिर संचालनमा गरेको हो।सिबिर संचालनका क्रममा झाँगा झिट्टीमा १५० जना सुबेदी गाउ र मगर गाउँमा ११० दलित बस्तीमा ९५ जनाको निशुल्क जाच तथा उपचार औसधि वितरण गर्नुका साथै १२ जनाको भिडियो एक्सरे समेत गरिएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष तथा स्वास्थ्य सिबिरका प्रमुख डम्बर रावलले जानकारी दिएका छन।स्वास्थ्यसिविरमा जापानी डक्टर इसिदा, डम्बर रावल, गोबिन्द बिष्ट, लक्ष्मी बिष्ट, बिनोद रावल, सहयोगी मिन बहादुर बिष्ट, उपस्वास्थ्य चौकी दहचोकका इन्चार्ज चक्र बहादुर शाही लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
त्यस्तै सिविरमा स्थानीय महिला स्वयंसेवि स्वास्थ्यकर्मीको पनि सहभागिता रहेको थियो । अहिले सम्म कसैले पनि गाउँमै बसेर स्वास्थ्य सिबिर संचालनमा नगरेको र जनस्वास्थ्यकर्मी महासंघले यसरी दुइदिन गाउमै बसेर सिबिर चलाएकोमा स्थानीयले खुसि व्यक्त गरेका थिए।
गत बैशाखमा गएको भूकम्पपछी गाउँमा ट्वाइलेटको समस्याभएकोले आगामी दिनहरुमा अरु रोगहरु फैलिन सक्ने अध्यक्ष डम्बर रावलले बताए।सिविरमा भूकम्पका कारण चोटपटक लागेका त्रिपाल नहुदा खुल्ला आकाशमा बस्न बाध्य भएकाले ज्वरो आएका, पेट र छालाका बिरामी बढी भएको रावलले बताए।स्मरण रहोस सरकारी निकायको समेत उपस्थिति नभएको जिल्लाकै सबैभन्दा बढि जोखिमको सूचिमा रहेको दोलखाको सिंगटी पनी जनस्वास्थ्यकर्मी महासंघले अर्थोपेडिक सर्जनसहितको शिविर संचालन गरेको थियो ।

प्रतिक्रियाहरु