भूकम्प ,नेपाली राजनीति र साँस्कृतिक आन्दोलन –वैरागी जेठा

२०७२ जेष्ठ ७ गते, बिहीबार

माक्र्सवादी संस्कृतिको खोजी र त्यसलाई व्यवहारिक बनाउन लगभग आदिम काल देखिनै हामी हाम्रो समाज सकृयरहेको पाइन्छ । माक्र्सको कालदेखि नै कम्युनिष्ट अर्थात् जनवादी संस्कृतिको विशेष गुण रहिआएका छन् । माक्र्सवादी संस्कृतिको आरम्भ जर्मन बाट भएको हो । रुस, चिन, उत्तरकोरिया, पेरु,फ्रान्स ,इटाली, भियतनाम लगायतका देशहरूमा माक्र्सवादको प्रभाव परेको देखिन्छ । हाम्रो नेपालमा पनि २००६ सालबाट प्रभाव रहेको देख्निछ । कम्युनिष्ट आन्दोलनमा धेरै सङ्घर्षहरू भए । ४६ वर्ष पछि नेपालमा कम्युनिष्ट आन्दोलन प्रखर भएर अघिबढ्यो र जनयुद्ध हुन पुग्यो । दसवर्षको जनयुद्धको लडाई पछि नेपालमा राजतन्त्रको अन्त्य भयो । माओवादीले आफ्नो लक्ष्यलाई सहिढङ्गले प्रयोग गर्न सकेन । राजनीतिमा निकै अन्योल छाउँदै गरिरहेको बेला २०७२साल वैशाख १२ गते आएको भुकम्पले थप सङ्कट सिर्जना गराएको छ । धेरै मानिस र चौपायहरूको निधन भएको छ । जनजिविका पनि क्षत विक्षत भएको छ । हामी नेकपामाओवादी भक्तपुर जिल्लाको साँस्कृतिक सम्मेलनमा सहभागि हुन जुटेका थियौँ । त्यस दिन म विहानै बालाजु बाट हिँडेको थिएँ । मेरा साथी बिके पाल्पाली निकै बिरामी भएको खवरले मलाई निकै पिरोलीरहेको थियो । रत्नपार्कबाट बस चढेर सिर्जना नगरमा ओर्लिएँ । पेट्रोल पम बाट अलिकति भित्र थियो उहाँहरू बसेको ठाउँ । हाम्रा काठमाण्डौँ जिल्ला सभापति गोविन्द चौलागाई कहाँ उहाँहरू बस्नु भएकाले उहाँहरूले आफूलाई सुरक्षित ठान्नु भएको थियो । मैले उहाँहरूसँगै खाना खाएँ । कुशलले मलाई फोन गरे , भक्तपुर पार्टी प्यालेसमा आउनु भनेर फोन राखिदिए । म फोन आयो भनेर बिकेपाल्पाली र रेणुकासँग विदा मागेर हिँडे । उहाँका भेट्न आउनेहरू आइरहेका थिए । साँस्कृतिक सम्मेलन भएकाले उहाँहरूसँग बसेर कुराकानी गर्ने समय हुँदै भएन । विरामी कहाँ खानाखाएर हिँड्दा आफैँलाई कस्तोकस्तो लागिरहेथ्यो ।म त्यहाँबाट पैदल हिँडे , च्याङ्वाका नाति इश्वर ठोकरले फोन गरे त्यही पार्टी प्यालेसमा भेट्ने भनेर कुरा मिलाएका थियौँ । हाम्रो जम्का भेट भयो । हामी भक्तपर पार्टी प्यालेस पुग्दा ११.५० भइसकेको थियो । हामीले अनेकौँ तस्विरहरू खिच्यौँ । ठिक ११.५६ हावा आयो र साथसाथै कम्पन आयो । निकै ठूलो कम्पन भयो र घरका छानाहरू खसेका आवाजहरू आइरहे । त्यो कम्पन हुँदाहुँदै कमरेड माइलालामा आइपुगे । धर्तीको कम्पन जारी रह्यो । न्यातपोल पिङ्मच्चेझैँ मच्चिरहेथ्यो । घरहरू बङ्लङ्बङ्लङ लड्न थाले । हामी एकछिन त आतियौँ । अलिकति कम्पन रोकिए जस्तो भएपछि हामीले हाम्रो कार्यक्रम रोक्यौँ । भक्तपुरका साथीहरूले घरहरू ध्वस्त भए गाइहरू पुरिए रे भन्न थाल्नु भयो । एकाएक फोन सम्पर्क बिच्छेद हुन पुग्यो । सबै साथीहरूले आफ्ना घरमा सम्पर्क र म्यासेज पठाएर अवस्था बुझ्न थाल्नु भयो । मैले पनि मेरो घरमा सम्र्पक गरेँ फोन सम्पर्क हुन सकेन । मनझन् अल्तालियो । के गर्ने नगर्ने मन धेरै छटपट भइरह्यो । बसहरू,मोटरहरू सबै रोकिए । कार्यक्रम स्थगित गरेर भक्तपुर पार्टी प्यालेसबाट हामीहरू काठमाण्डौ तिर लाग्यौँ । हेर्दै हेर्दै सुर्यविनायक निस्केर अरनिको राजमार्ग हानियौँ , धरहरा रहेन भन्ने समाचार आयो । मन झन हतास भयो र भुकम्प निकै ठुलो गएको आभास भयो । घरमा सम्पर्क नै हुँदैन । मन निकै तनाव भइरह्यो । राधेराधे आइपुगेपछि कौशलटारको पुल छैन भन्ने समाचारले हामीलाई अन्यौल बनाइरहेको थियो । मेरो मनमा प्रार्थनाहरू प्रस्फुटित भइरहेथ्यो । कम्युनिष्ट भएकाले कमरेडहरूलाई यस्तो सुनाउनु हुँदेन थ्यो । कौशलटारको क्षत विक्षत देखे पछि मन निकै अक्रान्त भयो । पीडाले अभिभूत रहन्थेँ । म हिँडनै नसक्ने भइसकेको थिएँ । मेरा शक्तिशाली आवेगहरू मानसिकरुपमा मेघझैँ गर्जिरहेको थियो । मेरो भाषा मेरा मित्र खेम थपलियाले मात्र बुझ्दथे । अरु नयाँ भएकाले त्यति बुझेका थिएनन् । कोटेश्वर आइपुग्दासम्म घरपरिवार सँग फोन सम्पर्क हुन सकेको थिएन । पानीको प्यास निकै लागिरहेको थियो ,गर्मी उस्तै , मानिसहरू छरिएर रहेका ,अनेकौँ दृष्यहरू देखा परिरहेका थिए । माइतिघर हुँदै भद्रकाली भएर धरहरा ढलेको ठाउँ तिर लम्किँदै थियौँ , अमरगिरि रशशीलुमुम्बु भेट भए । उहाँहरूले धरहरा ढल्यो तर मानविय क्षति नभएको सुनाउनु भयो । मान्ेछहरूले घरहरा ढलेको ठाउँ घेरिसकेको हुनाले हामी त्यहाँ जान सकेनौँ । नेपाल वायुसेवा हुँदै न्यूरोड , महाङकाल , विर अस्पताल,रत्नपार्क ,राष्ट्रिय नाचघर ,केशर महल,ठमेल हुँदै बालाजु चोक, बाइसधारा, बाइपास,आइपुग्दा बेलुका पाँच बजिसकेको थियो । बाइपास आउन कठिन भएकाले बाँसको झाङबाट माथि उक्लियौँ । एकजना छिमेकी भाइले एक्कासी तपाईँको घरको नानी रहिनन् भनेर सुनायो म झसङ् भएँ मेरो घर पनि लड्यो । सँगै लेराएँ खेमलाई ,छिमेकी धर नं. १३१की बिमला आचार्य पुतुवारको टहराको पर्खाल भत्केर भाञ्जी प्रणीता कट्टेललाई किचेको रहेछ । मन झन् तस्र्यो । पर्खाल सबै मेरो बरण्डामा , कसले उनलाई उद्दार ग¥यो ,त्यो पनि कसैलाई थाहा रहेनछ । प्रणीताको बुबा स्कुल जानु भएको थियो । स्कुलको जिम्मेवार काम भएकाले किन भने उहाँ प्रध्यानाध्यापक मङ्गला माध्यमिक विद्यालयको । उनकी आमा गुजेश्वरी माविमा शिक्ष्ँिका । उनी तल खेल्न जाँदा एक्कासी पर्खाल ले किचेछ । उनलाई भुईचालो आएको पत्तै भएन । आमा माथि ,छोरी खोज्दा नभएपछि ,कुनैमानिसले पर्खालले चेपेको देखेपछि उन्लाई झिक्न त झिकेछन् । अस्पताल लगिएको छ भने पछि मैले आफन्ती भाइलाई निकै अनुरोध गरेपछि बल्ल बल्ल अस्पताल पु¥याइदियो । समय निकै ढिलाभइसकेको थियो ।अस्पतालमा उपचार गराउनेहरूको भिड निकै ठूलो थियो । सबै ठाउँ चारेँ फोला पार्न सकिन । फोन लाग्दैन थ्यो । २४ घण्टे न्यूजका साथि एवम् पत्रकार स्वागत नेपाल द्वारा क्यामरामा मलाई कैद गर्नु भयो ।आफूले उनलाई भेट्टाउन नसकेको कुरा व्यक्त गरेको थिएँ । बल्लबल्ल फोन लाग्यो ,आर्यघाट लगेको जानकारी आयो । मन निकै खल्लो भयो । मटर साइकल वालाले म गाउँ जानुछ तेल छैन ,निकै अँध्यारो भइसक्यो भने पछि बिचबाटाबाट फर्किनु प¥यो । आखिर मैले भाञ्जी प्रणिता कट्टेललाई भेट्न सकिन र उनको अन्त भयो । कम्युनिष्ट धर्म अनुसार भगवान्को नाम लिनु महापाप ठानिन्छ । मैले भुकम्पको कम्पन सहन सकिन नारायण भन्न पुगी हालेँ । केही यस्ता मुर्खमानिसहरूथिए तिनीसँग सम्बाद गर्नु आफैँलाई नालीमा उभ्याउनुझैँ लाग्छ । हाम्रो कमयुनिष्ट धर्ममा अलिकति पनि निराशा छाउनु हुन्न । यस्तो प्रवृत्तिले कम्युनिष्ट हुन नसक्ने व्याखाकारहरूले गर्दै आएकाछन् । मलाई पूर्विय दर्शनले छोएको हुनाले यस्ता शब्दहरु आइहाल्छ । पार्टी र संगठनले पचाउन सक्ने भएन । कम्युनहरूले स्थानीय लोक साहित्य र संस्कृतिहरूलाई भुल्नु पनि हुन्न । पूर्विय दर्शनको आलोचना गरिरहँदा आफ्नो संगठन बन्छ बन्दैन त्यो ख्याल गर्नु आवश्यक छ । भुकम्प पनि प्राकृतिक शक्ति हो । यसले समाजमा निम्त्याउने द्वन्द्व निकै डरलाग्दो हुन्छ । यसले कुनैपनि वर्ग भनेको हुँदैन । सबैलाई एकठाउँमा उभ्याएको हुन्छ । को धनी ? को गरीब ? कुनै जाती वर्ग हुन्न । हामी हाम्रो कम्युन संस्कृतिले पनि कुनै पनि बर्ग भनेर छुट्याउनु हुन्न । सबैलाई स्नेह चाहिएको छ । हाम्रो पार्टी माओवादी निकै सक्रिय भएर लागेको छ र हामीलाई परिचालन गरेको छ । हामीले हाम्रो दायित्व विर्सनु हुन्न । पुराना संस्कृतिहरूको पनि उत्तिकै जगेर्ना गर्नु छ । भुकम्प आएपच्चात् सबै धरोहर भत्केका छन् । हामी सबै मिलेर यसलाई बलियो र भरपर्दो काम गर्नु जरुरी छ । हामीले हाम्रो कला यहाँ प्रस्तुत गर्न सक्यौँ भने हामी कम्युनका गुणहरू आम नेपाली दाजु भाइ दिदीबैनीहरूले हामीलाई कैल्यै भुल्ने छैनन् । यसरी हामीले राजनीतिलाई अलिकती बदल्नु पर्छ । पिडीत जनताहरू मलम चाहिरहेकाछन् । घरबस्तीहरू , हजारौँ घरपालुवा चौपायहरूको नोक्सानी भएकोछ । हरेक घरहरूमा हामी ,हाम्रो पार्टी र कार्यकर्ताहरू पुग्न आवश्यक छ । हुन त पार्टी आफैँ हिँडीरहेछ ,ऊ सँगसँगै हामीहरू हिँडीरहेका छौँ । हाम्रा साथीभाइहरूले बनाएका सुन्दर टहराहरूले नै बोल्छ माओवादी के हो ? मानिसहरू बलियो ओत खोजिरहेछन् । हामीले ओतको व्यवस्था मिलाइ दिन सक्नु नै हाम्रो कम्युनको धर्म हो । यसले हाम्रो राजनीतिको सुरक्षा गर्छ । नेकपा माओवादी ले आत्मसात् गर्दै अघि बढ्नु जरुरी छ समाज परिवर्तन गराउन । हाम्रो संस्कृतिको जगेर्ना गर्न अन्य दलहरूभन्दा अगाडि हुनु पनि आवश्यक छ ।

प्रतिक्रियाहरु