भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक

२०७३ भाद्र ११ गते, शनिबार

काठमाडौ , ११ भदौ । भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस राष्ट्रिय झण्डा आधा झुकाइने छ । बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या दुई सय ८१ पुगेको छ । उद्धार तथा राहतको काम अझै जारी छ । केही ठाउँमा भने जिवितको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोमस्थित नागरिक सुरक्षा विभागले जनाएको छ ।
भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले भूकम्प प्रभावितको चाँडो उद्धार र राहत पु¥याउनकै लागि भनेर संकटकाल घोषणा गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु