भुमाफियाको जग्गा कब्जा !

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद भक्तपुरले भुमाफियाको जग्गा कब्जा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा कब्जा गरिएको हो । उक्त जग्गा भक्तपुर चाँगुनारायण नपा ५ छालिङका निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ। चाँगुनारायण नपा २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ ।
साेमबार जनपरिषदले झण्डा गाडेर कब्जा गरेको बताएको छ । जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत गाडिएको छ । ब्यानरसँगै जिल्ला जनपरिषद भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्ति समेत टाँसिएको छ । उक्त प्रेस विज्ञप्तिमा उक्त जग्गा कब्जा गरिएको उल्लेख गरिएको छ । कब्जा गरिएको उक्त जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु