भुकम्प पीडितको उद्दार र सरसफाई अभियानमा माओवादी

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौँ, १७ बैशाख । नेकपा माओवादी भुकम्प पीडितको उद्दार, राहत र सरसफाईमा जुटेको छ । काठमाडौँमा उपलब्ध पोलिट्व्यूरो, केन्द्रीय समिति सदस्य र जबस तथा मोर्चाको संयुक्त रुपमा बसेको बैंठकको निर्णय अनुसार उसले राजधानी काठमाडौँ लगायतका क्षतिग्रस्त ठाउँमा उद्दार तथा राहत पुर्याउन अभियाना सुरु गरेको छ । केन्द्रीय सदस्यको नेतृत्वमा भुकम्पबाट प्रभावित जिल्लामा उद्दार र अन्य जिल्लामा राहत संकलनको लागि टोली खटाइसकेको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
भुकम्पपछि रोग फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बढि चाँप हुने स्थानको सरसफाई गर्ने निणर्य अनुसार विहीबार काठमाडौँको नयाँ बसपार्कमा सरसफाई समेत गरेको छ । पार्टी महासचिव विप्लवको नेतृत्वमा गरिएको उक्त सरफाईमा पार्टी कार्यकर्ता तथा सर्वसधारणको सहभागिता थियो ।
सरफाई कार्यक्रमको सुरुमा बोल्दै पार्टी प्रवक्ता प्रकाण्डले भूकम्प पीडितहरुको लागि उद्दार र राहतको लागि आफ्नो पार्टीले अभियान नै सुरु गरेको बताए । उद्दार र राहतसँगै सरफाईलाई अभियानकै रुपमा अगाडि बढाउने उनले सो अबसरमा बताए । ‘भुकम्पपछि रोग फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै अहिले बढि चाँप भएको बसपार्कको सरफाई गर्न लागेको हौँ’ प्रवक्त प्रकाण्डले भने । उनले अगाडि भने, ‘हाम्रो पार्टी उद्दारमा कार्यमा जुटिरहेको सरकारी टोलीसँगै समन्व गर्दै उद्दार तथा राहत संकलनमा जुट्नेछ ।’ उनले पहिलो प्राथमिकता उद्दार त्यसपछि राहत र सरफाई रहेको बताए ।
भुकम्पपछि रोग फैलन नदिन स्वास्थ्य सचेतनासँगै सरफाईलाई पनि नेकपा माओवादीले अभियानकै रुपमा अगाडि बढाएको छ । आज काठडमौँको नयाँ बसपार्कको सफाई गरि सो अभियानको सुरु गरिएको छ । भुकम्पपछि बढि चाँप नयाँ बसपार्कमा भएकाले आफूहरुले पहिलो सफाई बसपार्कको गरेको अभियानको सुरुमा बोल्दै प्रवक्ता प्रकाण्डले बताए । सरसफाई अभियानलाई काठमाडौँको अन्य ठाउँसँगै राजधानी बाहिरका जिल्लामा पनि गरिने बताइएको छ । उसले आफू निकटका स्वास्थ्यकर्मीलाई भुकम्पपछि स्वास्थ्य समस्या उत्पन्न हुननदिने खटाएको माओवादीले जनाएको छ । उसले यसअघि जाजरकोटको महामारि नियन्त्रण गर्न करिव एक सय जना स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ ।
प्रवक्ता प्रकाण्डका अनुसार भुकम्प पीडितको राहतको लागि प्रभावित नभएका जिल्लामा राहत संकलन पनि सुरु गरिएको छ । संकलन गरिएको राहतलाई स्थानिय प्रसाशनको रोहबरमा पीडितलाई वितरण गरिने बताएको छ ।
नेकपा माओवादीले खोरखा र सिन्धुपाञ्चोकमा भुकम्प आएको भोलीपल्टै अर्थात आइतबारबाटै आफ्नो पार्टीलाई परिचालन गरिको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु