भिसा डोमेस्टिक कार्डबाट कारोबार गर्दा १० प्रतिशतसम्म नगद फिर्ता

२०७४ माघ १ गते, सोमबार

काठमाडौं, १ माघ । बैंकहरुले भिसा डोमेस्टिक कार्डबाट कारोबार गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरि नेपालका ११ वटा वाणिज्य एवं विकास बैंकले संयुक्त रुपमा ‘भिसा कार्ड क्यास ब्याक स्किम योजना’ ल्याएको जनाएका हुन् । नेपाली समाजलाई नगदरहित कारोबारमा रुपान्तरण गर्ने उद्देश्यले यस्तो योजना ती बैंकहरुले जनाएका छन् । होटल, रेस्टुरेन्ट, हस्पिटल, सपिङ्ग मल जस्ता स्थानमा कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छन् । भिसा डोमेस्टिक कार्डबाट जति धेरै पटक कारोबार गर्‍यो त्यति नै बढि क्यास ब्याक फिर्ता हुने जनाइएको छ ।
सेञ्चुरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल क्रेडिड एण्ड कर्मस बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले यो योजनाको लाभ लिन सक्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु