भिसाको म्याद सकिएका नेपाली केहि समय अमेरिका बस्न पाउने

२०७२ असार २ गते, बुधबार

काठमाडौं, २ असार । भिसाको म्याद सकिएका नेपालीले अझै केही समय अमेरिका बस्न पाउने भएका छन् । भिसाको म्याद सकिएपनि अमेरिकामा बसोबास गरिरहेका उनीहरुलाई अमेरिकाले औपचारिक रुपमा केही समय बस्न दिने निर्णय गरेको हो ।
अमेरिकाका सिनेटर चाल्र्ज इ स्कुमरले नेपालीलाई बस्न दिन माग गरेपछि अमेरिकाको सुरक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो । भूकम्पपछि नेपालमा रहेका घरहरु पनि भत्किएकाले केही समय नेपालीलाई आश्रय दिन उनले माग गरेका थिए ।
भिसाको म्याद सकिनुमा नेपालीको कुनै दोष नरहेको भन्दै सिनेटर स्कुमरले भूकम्प प्रभावितलाई अस्थायी बसोबासको लागि समय दिएको बताए । यसअघि पनि अमेरिकाले विपतमा परेका अरुलाई पनि सहयोग गरेको थियो । प्राकृतिक प्रकोपमा परेका होन्डुरस, हैटी र निकारागुवाका मानिसलाई पनि अमेरिकाले सहयोग गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु