भिसाको दुरुपयोग अभियोगमा कयौं नेपाली कालोसूचीमा

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं, १७ मंसिर । मलेसियाले अध्यागमन कानून उलंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकलाई पुनः प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । मलेसियाले अध्यागमन कानूनविपरित गतिविधि गरेको र आपराधिक क्रियाकलापमा संलग्न भएको ठहर गरिएका विदेशी नागरिकलाई कालोसूचीमा राख्दै पुनः प्रवेशमा प्रतिबन्ध लगाएको हो । भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपाली पनि कालोसूचीमा परेका छन् । मलेसियाको अध्यागमन विभागकाअनुसार सन् २०१८ को जनवरी यता ६३ हजार विदेशी नागरिक कालोसूचीमा परेका हुन् । अध्यागमन विभागले प्रतिबन्ध फुकुवा नगरेसम्म उनीहरु मलेसिया प्रवेश गर्न पाउने छैनन् । विभागका अनुसार ई–भिसा पाइसकेका तर विभागको कालोसूचिमा परेकाले पनि मलेसिया प्रवेश पाउने छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु