भारत हावाहुरी, ३९ जनाको मृत्यु, रेल र बससेवा ठप्प

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं मानिस घाइते भएका छन् । दिल्लीमा १०९ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको बताइएको छ । हावाहुरीकै कारण रेलसेवादेखि सडक यातायात अवरुद्ध भएको थियो । उत्तरप्रदेशमा आजपनि हमावाहुरी चल्ने मौसमविदहरुले जनाएका छन् । यसअघि मे २ मा पनि यस्तै हावाहुरीमा परेर एक सय जनाको मृत्यु भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु