भारत–सीमा विवाद युद्धको स्थितितिर

२०७४ श्रावण ३ गते, मंगलवार

काठमाडौं, ३ साउन । भारत–सीमा विवाद युद्धको स्थितितिर अघि बढेको छ। सिक्किम र भुटान नजिक रहेको भारत–चीन सीमा क्षेत्रमा चीनले युद्ध अभ्यास समेत गरेको छ । भुटानको सीमा क्षेत्रमा चीनले सडक सञ्जाल विस्तार गरेपछि भुटानको समर्थनमा भारत अघि सरेका कारण यो अवस्था आएको हो । करिब एक महिनादेखि ३५० भारतीय सैनिक चिनियाँ सैनिकको सामना गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
एउटा अंग्रेजी वेभसाइटका आुसार भारतीय आर्मीले ड्रोनमार्फत पत्ता लगाएअनुसार चिनियाँ बोर्डरमा हतियारले लैस ३ हजार बढी चिनियाँ सैनिक युद्धको तयारीमा छ । चिनियाँ सैनिक संख्या बढेपछि भारतले पनि सैनिक संख्या थप गरिरहेको छ ।
चीनले डोकलाम क्षेत्रमा लगातार सैन्य शक्ति बलियो बनाउँदै लगेको भारतको दावी छ। सिक्किमपछि अब बंगालमा पनि चीनले दखल दिएको भारतीय आरोप छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सिक्किममा चीनको कब्जा भए दार्जिलिङ र चीनबीच शुन्य बराबर अन्तर रहने बताएकी छन्।
६ जुनदेखि सुरुभएको यो द्वन्द्वका बिच नयाँ दिल्ली र बेइजिङबीच वार्ता जारी रहेको बताइएको छ। तर, यसको कुनै परिणाम नआएको भारतीय संचार माध्यमले जनाएका छन् ।
यता चिनियाँ संचार माध्यमले स्पष्ट शब्दमा चीन कुनै पनि प्रकारको युद्धका लागि तयार रहेको चेतावनी दिइसकेका छन् । चिनियाँ संचार माध्यमले डोकलाम क्षेत्रका लागि चीन युद्धमा जान पनि तयार रहेको भन्दै युद्ध भए भारतको सर्वनाक हार हुने बताएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु