भारत र चीनका सेनाबीच भिडन्त !

२०७७ असार २ गते, मंगलवार

काठमाडाैं, २ असार । गएराति भारत लद्दाखको सीमावर्ति क्षेत्रमा गलवन घाटीमा भारत र चीनका सेनाबीच भिडन्त भएको छ । भिडन्तमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी तीन जना मारिएका छन् । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको जनाएको छ । सोमवार राति डि एस्केलेसन प्रक्रियाका बेला दुई पक्षबीच भिडन्त भएको हो । भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुई पक्षीय तनाव बढेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु