भारत पुगेकाे गैंडा नेपाल ल्याइयो

२०७४ भाद्र २ गते, शुक्रबार

काठमाडौ, २ भदौ । गत साता आएको बाढीमा बग्दै भारतको बगाहामा पुगेको गैंडालाई विहिवार उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । बाढीले निकुञ्जबाट बगाएको गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा बगाहा भन्ने स्थानमा फेला पारिएको थियो । गैंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ। अर्यालले दिएको जानकारी अनुसार बाढीले पाँचवटा गैँडा बगाएको थियो । बाढीमा बग्दै दुईवटा भारतमा पुगेका थिए भने अन्य तीन ओटा गैंडा नवलपरासीको नर्सहीमा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा र बाल्मिकी आश्रममा भेटिएका छन् ।
भारतको बाल्मिकी आश्रम नजिक पुगेको अर्को गैंडा पनि ल्याउने तयारी भइरहेको अर्यालले जानकारी दिएका छन् । हालसम्म पहिचानभएकामध्ये बाढीमा बगेर एउटा गैंडा मृत भेटिएको छ भने चितवन राष्ट्रिय निकुञ्जमा मात्र एक रतुवा सहित पाँच चित्तल मृत अवस्थामा भेटिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार