भारतीय हस्तक्षेपको अर्को रुप – राजेन्द्र चिमौरिया

२०७१ मंसिर २७ गते, शनिबार

भारतीय राजदूत रञ्जित रेसहितको टोलीले लुम्बिनीस्थित बुद्ध जन्मस्थल मायादेवी मन्दिरको अति जोखिमपूण क्षेत्रमा बोधिवृक्ष रोपेको विषय र्सार्वजनिक भएको छ । युनेस्को, पुरातत्व विभागले अति जोखिमयुक्त क्षेत्र घोषणा गरिएको स्थानमा जबर्जस्तीपूण ढङ्गले बोधिवृक्ष रोप्नु आफैँमा नाजायज काम हो । भारतीय राजदूत रेको यस किसिमको कार्यले आमनेपाली जनतालाई चोट पुर्‍याएको छ । बुद्ध नेपाली मात्रका आस्थाका केन्द्र होइनन् । बुद्धलाई मान्ने र शान्तिका पक्षधरहरु विश्वभर उत्तिकै मात्रामा छन् । हुन त भारतले पटक-पटक बुद्ध आफ्नो देशमा जन्मिएको भनेर अफवाह फैलाउने नगरेको पनि होइन । उसले बुद्ध जन्मस्थल भारतमै पर्छ भनेर नक्कली बुद्ध जन्मस्थलसमेत तयार पारेको समाचारहरु केही वर्षअगाडि नै आएका हुन् । भारतको यस किसिमको हर्कतले नेपाली जनताको नजरमा भारत अझ गिर्न पुगेको छ । भारत नेपालको असल छिमेक नभई मिचाहा प्रवृत्तिको भएको यस किसिमका घटनाले पुष्टि गर्दछ । कहिले सीमा मिच्ने त कहिले नेपालीहरुको धार्मिक र सांस्कृतिक आस्थामाथि आक्रमण गर्ने कार्य भारतले तुरुन्त बन्द गर्नुपर्छ । नेपालीको स्वाभिमान, आर्थिक, धार्मिक र सांस्कृतिक कुनै पनि क्षेत्रमा भारतको हस्तक्षेप स्वाभिमानी नेपाली कुनै पनि हालतमा स्वीकार्न तयार छैनन् । तर्सथ, भारतीय राजदूत रञ्जित रेसहितको टोलीले बुद्ध जन्मस्थलमा नै खतरा पुर्‍याउने गरी रोपिएको बोधिवृक्षलाई उचित स्थानमा र्सार्न तत्काल पहल गर्नुपर्छ । यसमै भारतको हित छ, अन्यथा दुई देशको सम्बन्धमा समस्या आउन सक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु