भारतीय सेनाद्वारा कश्मीरका सर्वसाधारणलाई कुटपिट

२०७६ भाद्र १३ गते, शुक्रबार

काठमाडाैँ, १३ भदाै । जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ । भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मीले टेलिफोनका तारले कुटपिट गरेको र करेन्टसमेत लगाएर याताना दिएको पीडितहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको समाचारमा जनाइएको छ । रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको बीबीसीले उल्लेख गरेको छ । केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ । मुसलमान समुदायको बाहुल्यता रहेको जम्मू कश्मीरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ ।-एजेन्सी ।

प्रतिक्रियाहरु