भारतीय वैदेशिक मामिला मन्त्री नेपाल आउँदै

२०७१ असार १९ गते, बिहीबार

काठमाडौँ। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणामा भारतका वैदेशिक मामिला मन्त्री सुषमा स्वराजले आगामी साउन ९ गतेदेखि ११ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । भारतीय वैदेशिक मामिला मन्त्री स्वराजको यो पहिलो औपचारिक नेपाल भ्रमण हुनेछ ।मन्त्री स्वराजले नेपाल–भारत संयुक्त आयोगको साउन १० र ११ गते हुने तेस्रो बैठकमा भारतीय पक्षको नेतृत्व गर्ने बताइएको छ ।
सन् १९८७ मा स्थापित विदेश मन्त्रीस्तरको यो आयोग नै दुईपक्षीय सम्बन्धका सबै पक्षको सिंहावलोकन गर्ने र दुईपक्षीय सम्बन्धलाई अरु सुदृढ बनाउने दिशानिर्देश गर्ने संयन्त्र हो ।नेपालको भ्रमणमा हुँदा भारतीय मन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखका साथै विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु