भारतीय राजदूत रे उपस्थित कार्यक्रममाथि माअाेवादी हस्तक्षेप

२०७३ माघ ६ गते, बिहीबार

>काठमाडौं, ६ माघ । नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीले भारतीय राजदूत रञ्जित रे प्रमुख अतिथि रहेकाे धनगढीकाे क्याम्पस राेडस्थित हुलाकी राजमार्ग हस्तन्त्रण कार्यक्रम विथाेलेकाे छ । उक्त कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइए पछि क्रान्तिकारीले विथाेलेकाे हो । नेपाली कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएकाे,पुल बन्न बाँकी, ४० फिटे राेडकाे १० फिट मात्र कालाेपत्र हुँदाहुँदै पनि सडक पूरा भएकाे भन्दै हस्तान्‍त्रण गरिएकाले अाफूहरुले कार्यक्रम विथाेलेकाे अखिल क्रान्तिकारीका कैलाली सचिव बबरजंग सिंहले बताए ।
अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कालाेझण्डासहित कार्यक्रममाथि हस्तक्षेप गरेका थिए । उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेकाे थियाे । सडक हस्तन्त्रण कार्यक्रमकाे विशेष अतिथि भाैतिक तथा यातायात मन्त्री रमेश लेखक थिए । सचिव सिंहका अनुसार प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला नेता अनिल आचार्यलाई गिरफ्तार गरेकाे छ । कार्यक्रममा प्रयाेग भएकाे कुर्सीका साथै अन्य सामाग्री ताेडफाेड भएका छन् ।
त्यसैगरी अधुराे राजमार्ग उद्घाटनकाे विराेधमा उत्रेका नेकपा एमाले कैलाली सदस्य दीर्घराज जाेशीसहित अन्य ६ जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन बाँकी छ भने राजमार्गअन्तर्गतका ६ वटा पुल समेत निर्माण नहुँदै हतारमा हुलाकी राजमार्गको उद्‍घाटन गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु