भारतीय प्रहरी नेपाल प्रवेश, एक युवक पक्राउ

२०७४ श्रावण ४ गते, बुधबार

काठमाडौं, ४ साउन । भारतीय प्रहरीले नेपाल प्रवेश गरी पर्सा जिल्लाको सिमावर्ती गाउँ पर्सौनी भाठाबाट भाष्कर पाण्डेलाई पक्राउ गरको छ । मगंलबार साँझ सिर्मावर्ती बजार रक्सौल तथा भेलाहि थानाबाट आएको प्रहरीले पर्सौनीभाठा स्थित घरबाट पाण्डेलाई पक्राउ गरको बताइएको छ । भारतीय शहर रक्सौलको लक्ष्मीपुर स्थित कैम्ब्रिज पब्लिक स्कूलमा दुइ हप्ता अगाडि अपराधिहरुले एके ४७ बाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा पान्डेलार्इ भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ । स्कुल व्यवस्थापनले अपराधी समुहलाइ पैसा नएिकोले ३ जुलाइको दिन मोटरसाइकलमा आएका दुइजना अपराधिल विद्यालय परिसदमा गरेको गोलीप्रहरबाट ३ जना सिसिस्त घाइते भएका थिए । ब्बलु पान्डे अपराधि समुहसगं भाष्कर पान्डोको सम्बन्ध रहेको र त्यहि ग्रुपले यो घटना गराएको भारतीय प्रहरीको बुझाइ रहको छ ।
पसौनी भाठा बार्ड नम्बर ८ निवासी मनोज पान्डेका छोरा भाष्कर पान्डेलाइ प्रहरीले पक्राउ गरि रक्सौल थानामा लगेको स्थानियहरुले बताएका छन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप गीरीले अन्यभीज्ञता जनाएका छन् । उनले भने,‘मैलपनि पर्सौनीबाट पान्डेलाइ पक्राउ गरेको सुनेको छु,घटनाकाबारेमा अनुशन्धान भइरहेको छ’। नेपाली प्रहरीको सहयोगमा भारतीय प्रहरीले पान्डेलाइ घरबाट पक्रउ गरि लगेको स्थानियहरुको आरोप समेत रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु