भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौं , ९ मंसिर । भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् । असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै प्रतिकृया जनाएको छैन ।

प्रतिक्रियाहरु